७५ वर्षअघि हराएका श्रीमान श्रीमतीको शव हिउँमा सकुशल फेला

आल्पस हिमालमा आजभन्दा ७५ वर्षअघि हराएका एक जोडीको शव सकुशल भेटिएको छ । हिउँमा उनीहरूको शव सुरक्षित अवस्थामा भेटिएको स्ट्जिरल्याण्डका सञ्चार माध्यमले बताएका छन् ।

स्विट्जरल्याण्डको दक्षिणी भागमा रहेको एक हिउँ नदी नजिक मार्सिलिन र फ्रान्सिनी डुमोलिनको शव एकै ठाउँमा भेटिएको हो । । दोस्रो विश्व युद्धताका प्रयोग हुने पोशाक लगाएका उनीहरूको शव हिउँका कारण सुरक्षित रहेको हो । शवसँगै उनीहरूले बोकेको झोला, बोत्तल, किताव र घडी पनि सुरक्षित रहेको स्विट्जरल्याण्डको दैनिक समाचार पत्र लि मार्टिन डेलीले जनाएको छ ।

सन् १९४२ अगस्ट १५ मा आफ्नो गाउँ नजिकैको चरण क्षेत्रमा गाई दुहुन गएका उनीहरू फर्केर आएका थिएनन् । मार्सिलिन डुमोलिन त्यति बेला ४० वर्षका थिए । उनले जुत्ता बनाउने कार्य गर्थे । उनकी ३७ वर्षीया श्रीमति फ्रान्सिनीले भने एउटा विद्यालमा पढाउने गर्थिन् । ७ जना सन्तानलाई घरमा नै छोडेर गएका दुवै जना हराएपछि व्यापक खोजी कार्य गरिएको थियो । तर २ महिलासम्म खोजी कार्य गर्दा नभेट्टिएपछि उनीहरूका ५ जना छोरा र २ जना छोरीलाई आफन्तको जिम्मामा लगाइएको थियो ।

अहिले ७९ बसन्त पार गरिसकेकी उड्री डुमोलिन आफ्ना बाबुआमा हराउँदा जम्मा ४ वर्षकी थिइन् । ‘जिन्दगीभर हामीले हाम्रा बाबुआमालाई खोजेका थियौं । उनीहरूका अन्तिम संस्कार गर्न पाउँछौं भन्ने लागेको थिएन’, भावुक हुँदै उड्रीले भनिन् । अन्तिम संस्कारका दिन कालो कपडा नलगाउने उनले बताइन् । कालो पोशाकको ठाउँमा सेतो पोशाक लगाउने उनले बताइन् । सेतो रङ आशाको प्रतिक भएकाले सेतो पोशाक नै लगाउने उनले भनिन् । एजेन्सि

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up