जलस्रोतको दोस्रो धनि देश नेपालले ३ करोड ६० लाखको पानी आयात

–युरोप–अमेरिकादेखि खाडी मुलुकबाट समेत पानी आउँछ –भारतबाट सबैभन्दा धेरै फिलिपिन्सबाट सबैभन्दा कम

जलस्रोतका धनी मुलुक मध्येमा पर्ने नेपालले वर्षेनी पिउने पानी समेत आयात गर्दै आएको छ । नेपालीले हरेक वर्ष खाडि मुलुकबाट समेत पानी आयात गरेर बोतलबन्द पानी उपभोग गर्छन् । युरोप–अमेरिकादेखि छिमेकी मुलुकबाट आयात भएको खनिजयुक्त (मिनरल वाटर), ग्यासयुक्त, गुलियोयुक्त र खनिज एवं गुलियोविहीन पानी बजारमा पाइन्छ । पानीको आयात वर्षेनी बढदै गएको सरकारी तथ्याङले देखाउँछ ।

भन्सार विभागको तथ्याङ अनुसार गत आर्थिक वर्ष (२०७२/७३) मा १२ लाख ३८ हजार ६ सय ४२ लिटर पानी आयात भएको छ । आयातकर्ताले भन्सार विन्दुमा घोषणा गरेको मूल्यका आधारमा गत वर्ष ३ करोड ६० लाख ३९ हजार रुपैयाँको पानी आयात भएको हो । आर्थिक वर्ष २०७१/७२ सँग तुलना गर्दा मात्राका हिसाबले गत वर्ष करिब १ सय ७० प्रतिशतले पानी आायत बढ्यो ।  

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up