प्रधानमन्त्री दाहालले फरार अभियुक्तलाई दिल्लीमा भेटेको खुलासा

काठमाडौं, असोज ४ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली सुरक्षा निकायले पक्राउका लागि ‘वान्टेड’ सूचीमा राख्दै सर्वाधिक खोजी गरेका एक विवादास्पद फरार अभियुक्तलाई उच्च सुरक्षा घेराभित्र भारतमा भेटेका छन् ।

गत वर्ष टिकापुरमा दुई वर्षे बालक र आठ सुरक्षाकर्मीको ज्यान जानेगरी भएको घटनामा मुछिएका ‘कर्तव्य ज्यान’ मुद्दाका मूख्य अभियुक्त रेशम चौधरीलाई प्रधानमन्त्री दाहालले शुक्रबार साँझ ताज प्यालेस होटलमा भेटेका हुन् ।

भारत र नेपालका लब्धप्रतिष्ठित व्यापारीलाई सम्बोधनका लागि ताज प्यालेस होटलमा आयोजना गरिएको कार्यक्रममा दाहालले मञ्चमै चौधरीलाई भेटेका थिए ।

चौधरीले मञ्चमै पुगेर प्रधानन्त्री दाहालसँग केही समय कानेखुसी गरेका थिए ।

गत वर्ष भदौ ७ गते भएको कैलाली नरसंहारको घटनापछि चौधरी भारतमै लुकेर बसेका छन् । प्रहरीले अभियोगपत्रमा चौधरीलाई घटनाको मूख्य योजनाकार रहेको दाबी गरेको छ । –अन्नपूर्ण पोस्ट दैनिकबाट

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up