किड्नी फेलर : विकराल चुनौती

किड्नी फेलर : विकराल चुनौती

डा रवीन्द्र पाण्डे

दुवै कोखाको करङमुनि हुने सिमीको बियाँ आकारका मिर्गौलाले हाम्रो शरीरबाट अनावश्यक पदार्थ, बढी भएको पानी तथा विषाक्त पदार्थ निष्कासन गर्ने, शारीरकि लवण, पोटासियम, क्याल्सियम नियमित गर्ने, हर्मोनको उत्पादन गरेर रक्तकोषिका बनाउने, रक्तचाप नियन्त्रण गर्ने आदि काम गर्छन्। यदि मिर्गौलाले आंशिक वा पूर्ण रूपमा पानी तथा अनावश्यक पदार्थ छान्न सक्दैन, त्यस अवस्थालाई ‘किड्नी फेलर’ भनिन्छ। कुनै कारणले अचानक मिर्गौलाले काम गर्न छाडेमा त्यसलाई तीव्र मिर्गौला फेलर भनिन्छ भने दीर्घरोगका कारण विस्तारै मिर्गौला नष्ट भई मिर्गौलाले काम गर्न छाडेमा त्यसलाई दीर्घ मिर्गौला फेलर भनिन्छ।

वान्ता, पखाला, रक्तश्राप, पिसाब लगाउने औषधीको प्रयोग, शल्यक्रिया, चोटपटक वा संक्रमणबाट एक्कासि रक्तचाप कम भएमा, मिर्गौलामा जाने रक्तनली साँघुरो वा अवरुद्ध भएमा तथा मुटु वा कलेजो फेलर भएमा मिर्गौलालाई आवश्यक रक्तसञ्चार नपुगेर पनि मिर्गौला फेलर हुन्छ। यो अवस्था मिर्गौला फेलरको ६०-७० प्रतिशत कारक तत्त्व हो। समयमै उपचार गरेमा मिर्गौलाले पुनः काम गर्न थाल्छ अन्यथा मिर्गौलाका तन्तुहरू नष्ट हुन्छन्।

त्यस्तै मूत्र प्रणालीमा पत्थरी, क्यान्सर, कडापन, प्रोस्टेटको वृद्धि, रगतको ढिका आदिले अवरोध भएमा मिर्गौलाको तन्तु नष्ट भई मिर्गौला फेलर हुन्छ। जुन ५-१० प्रतिशत कारक तत्त्व हुन्छ। अवरोधको उपचार गरेपछि क्रमशः मिर्गौलाले काम गर्न सुरु गर्छ।

मिर्गौला फेलरको २५-४० प्रतिशत कारक तत्त्व मिर्गौला स्वयं नष्ट हुनु हो। मिर्गौलाका कारणले फेेलर भएमा मिर्गौलाको रक्त प्रशोधन तथा पानी छान्ने कामलाई असर पर्छ। रक्तनलीको रोग, रक्तनलीमा रक्तको ढिका जमेमा, मिर्गौलाको तन्तु र कोषिकामा चोटपटक लागेमा, मिर्गौलाको पानी तथा रक्त छान्ने प्रक्रियामा संक्रमण वा सुजन भएमा, मिर्गौलाका रचनागत तथा कार्यगत सूक्ष्म अवयवमा एन्टिबायोटिक, दुखाइ कम गर्ने औषधी, पिसाब लगाउने औषधी आदिको सेवन वा प्रतिरोधात्मक समस्या भएमा, रक्तसञ्चालनमा कमी, केमोथेरापी, विषाक्त पदार्थ र एक्स-रे गर्दा ‘डाई’ प्रयोगले नकारात्मक असर परेमा मिर्गौलाका ट्युवल्सहरू नष्ट हुन्छन् र काम गर्न असमर्थ हुन्छन्।

मिर्गौलाको फेलर मुख्यतया निम्न कारणले हुन्छ ः

विंशाणुगत मिर्गौलाको रोग जस्तै पोलिसिस्िटक किड्नी डिजिज।

मूत्रप्रणालीमा जन्मजात विकृति आएमा।

मिर्गौला सुन्निएमा, विशेष गरी ग्लोमेरुलोनेप|ाइटिस भएमा।

मिर्गौलामा पत्थरी भएमा।

नेप|ोटिक सिन्ड्रम ः रक्त प्रोटिन कम तथा कोलेस्टेरोल उच्च भएमा र शारीरकि तरल पदार्थ शरीरमा फैलिएमा।

लामो समयसम्म उच्च रक्तचाप भएमा।

लामो समयसम्म मधुमेह भएमा।

अौषधी तथा विषाक्त पदार्थ ः केही औषधीहरू, विषहरू, पेस्िटसाइडहरू तथा लागूपदार्थका कारण।

हालसम्म किड्नी फेलरको ठोस कारण यकिन नभए तापनि उच्च रक्तचाप र मधुमेहलाई प्रमुख कारक तत्त्वका रूपमा प्रमाणित गरएिको छ।

निदान तथा उपचार

मिर्गौला ५० प्रतिशत नष्ट भएसम्म राम्रोसँग काम गररिहेको हुन्छ। ७० प्रतिशतभन्दा बढी नष्ट भएपछि मात्र लक्षण देखिने भएकाले यसलाई ‘साइलेन्ट किलर’ पनि भनिन्छ। रक्त तथा मूत्र परीक्ष्ाण, अल्ट्रासाउन्ड, जलविद्युतीय परीक्षण, वायोप्सी, सिटिस्क्यान, एमआरआई आदिबाट मिर्गौलाको अवस्था पत्ता लगाइन्छ। सामान्य अवस्था भएमा कारणगत उपचार, मिर्गौला विशेषज्ञसँग परामर्श, विजातीय पदार्थहरू अधिक भएमा डाइलाइसिस, जलवियोजनको सन्तुलित उपचार, किड्नी फेलर भएका बिरामीलाई झोल पदार्थ सेवन गर्न नदिएर, मिर्गौलामा पर्याप्त रक्तसञ्चारका लागि मुटु तथा रक्तचापको उपचार आदि उपायहरू अपनाइन्छ। ती उपायहरू प्रभावकारी नभएमा नियमित डाइलाइसिस -सातामा तीनपटक) तथा मिर्गौला प्रत्यारोपणपश्चात् उपचार गरन्िछ। अन्यथा जीवाणु तथा लवणको सञ्चारणका कारण मुटु, मस्ितष्क, फोक्सो, स्नायु, हाड आदिलाई गम्भीर असर गर्छ।

विगत १५ वर्षयता किड्नी फेलरको संख्या दुई गुणाले बढेको छ। एसियामा मधुमेहका कारण पाँच गुणा र उच्च रक्तचापका कारण तीन गुणा किड्नी फेलर पाइएको छ। ६६ प्रतिशत किड्नी फेलर उच्च रक्तचाप र मधुमेहका कारण हुन्छ। अमेरकिामा ११-३० मिलियन र भारतमा आठ मिलियन दीर्घ मिर्गौला फेलरका बिरामीहरू छन्। भारतमा समेत ९० प्रतिशतभन्दा बढी बिरामीले उपचारमा खर्च गर्न सक्दैनन्।

नेपाल मिर्गौला रोग उपचार केन्द्रका अनुसार, नेपालमा करबि २७ लाखलाई कुनै न कुनै प्रकारको मिर्गौला रोग लागेको छ र प्रतिवर्ष २ हजार ७ सय नयाँ बिरामीको पहिचान भएको छ। त्यस्तै, १० हजार व्यक्तिहरू प्रतिवर्ष मिर्गौलाका दीर्घरोगीका रूपमा पीडित भइरहेका छन्। करबि तीन करोड जनसंख्याका लागि १२ जना विशेषज्ञ, ९७ वटा डाइलाइसिस मेसिन, सहरकेन्दि्रत सीमित उपचार केन्द्र र महँगो प्रविधिका कारण किड्नी फेलरका बिरामीको पहिचान, उपचार तथा पुनःस्थापना असम्भवप्रायः बनेको छ। दुर्गमबासी, आर्थिक अवस्था नाजुक भएका तथा खाडीक्षेत्रमा काम गर्ने नेपालीहरूमा मिर्गौलाको समस्या भयावह रूपमा देखा परेको छ। तसर्थ, सरकारले मिर्गौला रोगको निदान र उपचारलाई जनताको पहुँचभित्र पुर्‍याउन र बाँच्न पाउनुपर्ने नैसर्गिक अधिकारको रक्षा गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायहरूसँग समन्वय गरी प्रभावकारी कदम चाल्नु अपरहिार्य छ। ध

डाइलाइसिस तथा मिर्गौला प्रत्यारोपण

मिर्गौलाले काम गर्न छाडेमा मेसिनद्वारा रक्त प्रशोधन तथा शारीरकि तरल पदार्थ निष्कासनका लागि डाइलाइसिस गरन्िछ। यसका लागि बिरामीले डाइलाइसिस मेसिनमा साताको तीनपटक चार घन्टा अस्पतालमा भर्ना हुनुपर्छ। हाम्रोजस्तो वाषिर्क आम्दानी २६ हजार रुपियाँ भएको देशमा प्रतिमहिना २० हजारदेखि ३० हजार रुपियाँसम्म डाइलाइसिसको खर्च पाँच प्रतिशत नेपालीले पनि बेहोर्न सक्दैनन्। डाइलाइसिस आजीवन वा मिर्गौला प्रत्यारोपण नगरेसम्म गर्नुपर्छ। तसर्थ, डाइलाइसिस गर्नुपर्ने बिरामीले आफ्नो सम्पूर्ण सम्पत्ति सकेर अन्त्यमा आर्थिक अभावका कारण मृत्युवरण गर्छन्। त्यसो त विश्वमा करबि १० लाख बिरामी डाइलाइसिसको भरमा बाँचिरहेका छन्। करबि तीन करोड जनसंख्या भएको नेपालमा जम्मा १२ जना विशेषज्ञ, लगभग एक सयवटा डाइलाइसिस मेसिन र वीर अस्पताल, शिक्षण अस्पताल, राष्ट्रिय मिर्गौला रोग उपचार केन्द्र, बीपी कोइराला स्वास्थ्य विज्ञान अध्ययन प्रतिष्ठानलगायत सीमित ठाउँमा मात्र डाइलाइसिस सेवा उपलब्ध छ ।

मिर्गौला प्रत्यारोपण नेपालमा सन् २००८ अगस्तमा त्रिवि शिक्षण अस्पतालमा सुरु भएको हो। २००८ डिसेम्बरदेखि वीर अस्पतालमा यो सेवा प्रारम्भ भएको हो। वीर अस्पतालमा विश्वमै सबैभन्दा सस्तो मूल्य अर्थात् ३ लाख ५० हजार रुपियाँमा मिर्गौला प्रत्यारोपण हुन्छ भने शिक्षण अस्पतालमा करबि पाँच लाख रुपियाँमा मिर्गौला प्रत्यारोपण हुन्छ। करबि १० प्रतिशत नेपालीमा मिर्गौलाको समस्या भएको तर नेपालमा अत्यन्तै न्यून संख्यामा मिर्गौला प्रत्यारोपण हुने भएकाले अधिकांश बिरामीहरू भारतमा गई १५-२० लाख रुपियाँ तिरेर मिर्गौला प्रत्यारोपण गर्छन्। प्रत्यारोपण गरेपछि पनि प्रतिमहिना करबि २०-२५ हजार रुपियाँ औषधीमा खर्च हुन्छ। तसर्थ, यो उपचार पद्धति पनि आमनेपालीको क्षमताबाहिर छ। नेपालमा करबि २७ लाख मिर्गौला रोगका बिरामी भएको २ हजार ८ सय व्यक्तिको प्रतिवर्ष मिर्गौला फेलर भइरहेको तथा ४० हजार व्यक्तिलाई प्रतिमहिना डाइलाइसिस चाहिएको आँकडा हेर्दा स्वास्थ्य नीतिमा आमूल सुधारको आवश्यकता देखिएको छ।

‘किड्नी फेलर’का लक्षण

छवटा सतर्कताका लक्षणहरू

िपसाब पोल्नु वा पिसाब फेर्दा अप्ठ्यारो हुनु।

िपसाब पटक-पटक लागिरहनु।

रिक्त मिश्रति पिसाब आउनु।

अाँखाको वरपिर,ि हात र खुट्टा सुन्निनु।

दुवैतर्फ वा एकतर्फ कोखामा -करङको तल) दुख्नु।

उच्च रक्तचाप हुनु।

अन्य लक्षणहरू ः थकाइ लाग्नु, वाक्वाकी लाग्नु, पखाला लाग्नु, अरुचि, पेट दुख्नु, मुखमा धातुको स्वाद आउनु, बेहोस हुनु, पिसाबमा धेरै फिज आउनु, अचानक शारीरकि तौल घट्नु, शरीरमा चिलाउनु, मांसपेशी बाउँडिनु, हातखुट्टा तथा अन्य अंगको समवेदना कम हुनु, चिया वा कोकको जस्तो गाडा पिसाब आउनु, ढाड दुख्नु, पिसाबको मात्रा घट्नु, छाला वा अन्य ठाउँबाट सजिलै रक्तश्राप हुनु, पेट फुल्नु, रक्तअल्पता हुनु आदि।

रोकथाम

विर्षको एकपटक स्वास्थ्य परीक्षण, पिसाब तथा रगतको परीक्षण गर्ने।

उच्च रक्तचाप, मधुमेह, पिसाबको समस्या तथा प्रोस्टेट वृद्धि नियन्त्रण गर्ने।

मिर्गौलालाई हानि गर्ने पदार्थहरू, औषधीहरू, विषाक्त पदार्थ त्याग गर्ने।

नुन कम खाने

मिर्गौलाको रोग, उच्च रक्तचाप, मधुमेह आदि परविारमा भएमा सतर्कता अपनाउने।

िपसाबको परविर्तन निरीक्षण गर्ने। जस्तै- बाक्लो, दुर्गन्धयुक्त, फिँजयुक्त, रक्तयुक्त पीडादायी मूत्र भएमा रोगको निदान र उपचार गर्ने।

थिकान, सहज रक्तश्राप, रंिगटा लागेमा रक्तअल्पताको यकिन गर्न परीक्षण गर्ने।

दैनिक न्यूनतम ३० मिनेट शारीरकि अभ्यास गर्ने।

िदनमा कम्तीमा आठ गिलास पानी पिउने।

धुम्रपान, मद्यपान तथा सूर्ती सेवन नगर्ने।

सिकभर एक्स-रे गर्दा ‘डाई’को प्रयोग नगर्ने।

हिरयिो सागपात, फलफूल, अन्न, गेडागुडी जस्तै काउली, लसुन, प्याज, स्याउ, स्ट्रेवरी, रातो अंगुर, अन्डाको सेतो भाग, माछा, ओलिभ तेल, कम प्रोटिनयुक्त खाना, नरबिल, काँक्रो, गाजर प्रसस्त खाने।

अिपच्य कम वा त्याग गर्ने। जस्तै- धेरै कार्बोहाइड्रेट पाइने चिनी, केक, कुकिज, चकलेट, पेस्िट्रज, धेरै नुनयुक्त खाना जस्तै- आलुको चिप्स, चीज, बट्टाको तरकारी, बट्टाको सुप, पि|जको खाना, अचार, पिज्जा, प|ेन्च प|ाई आदि, धेरै प्रोटिन पाइने मासु, चिल्लोयुक्त दूध, अन्डा आदि, धेरै पोटासियम पाइने केरा, गोलभेँडा, दूध, बदाम, केराउ, सिमी, चकलेट आदि खाद्य पदार्थहरू निकै कम सेवन गर्ने।

अिनावश्यक रूपमा एन्टिबायोटिक, दुखाइ कम गर्ने औषधीहरू तथा पिसाब लगाउने औषधीहरू नखाने।

तिनावरहित, स्वस्थ र सहज जीवनशैली अवलम्बन गर्ने।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up