किन लतारिंदैछन् राजेन्द्र महतोको एजेण्डामा देउवा र प्रचण्डहरु ?

संघियता काङ्ग्रेस र एमालेको एजेण्डा थिएन, तर सहमतिका लागि मानिदिए तिनले ! धर्मनिरपेक्षता काङग्रेसको एजेण्डा थिएन, तर सहमतिका लागि मानिदियो उसले। एमाले र एमाओवादीले प्रतक्ष्त निर्वाचित प्रधानमन्त्री र प्रतक्ष्त निर्वाचित राष्ट्रपति जस्ता गतिला एजेण्डा पनि सहमतिकै लागि छोडिदिए । माओवादीले सहमतिकै लागि संसदीय व्यवस्था मान्न तयार भयो !

कृष्ण ढकाल

कृष्ण ढकाल

संघियतामा चरम असहमति हुंदा पनि चित्र बहादुर केसीले सम्मान गरे संविधानको। राजतन्त्र र हिन्दु धर्मको नाममा राजनीति गरेको रा.प्र.पा. ले समेत आफ्ना कुनै एजेण्डा संबोधन नहुंदा पनि मान्यो संविधानलाई !

मधेशमै पनि थोरै मात्र सांसद जितेका मधेशी मोर्चाका मागहरु सबैभन्दा बढी संबोधन भएका छन् संविधानमा ! तर आज “कालो दिन” उसैले मनाउंदैछ । ९० प्रतिसत जनमत हुनेले सबै छोड्नु पर्ने, १० प्रतिशत जनमत नभएको मधेशी मोर्चाले भनेको चैं सतप्रतिसत नै मान्नु पर्ने? कहांको के न्याय हो यो? कुन लोकतन्त्र हो यो? किन लतारिंदैछन् राजेन्द्र महतोको एजेण्डामा देउवा र प्रचण्डहरु?

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up