वैद्य माओवादीले भन्यो — प्रचण्डबाट जुन डर थियो, त्यही भयो

काठमाडौं – संविधान दिवसको पहिलो वार्षिकीको सबैतिर चहल पहल भइरहँदा बैद्य नेतृत्वको माओवादीले भने विरोध र्याली गरेको छ । आज काठमाडौंको सुन्धारावाट शुरु भएको विरोध र्याली सुन्धारा हुँदै भोटाहिटीचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

cp gajurel
कोणसभालाइ सम्वोधन गर्दै नेकपा क्रान्तिकारी माओवादीका कार्यालय सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सिपी गजुरेलले यो संविधान कालो संविधान भएको आरोप लगाएका छन् ।
गजुरेलले भने, ‘नेपाली जनताले गरेको १० वर्षे महान जनयुद्ध, १९ दिने दोश्रो जनआन्दोलन, मधेश आन्दोलन, जनजाति आन्दोलन, महिला आन्दोलन र दलित आन्दोलन सबै सबैले राष्ट्रियता र जनजिवीकाको लागि आन्दोलन गरेका थिए । तर अहिलेको संविधानले ति आन्दोलनका मूलमर्मलाइ संवोधन नगरी केवल पुरानो संविधानलाइ मलजल गरेको छ ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण अगाडि जुन कुराको डर लागेको थियो सोही भएको पनि उनले बताएका छन् । ‘प्रचण्ड र भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको विचमा जुन २५ वुँदे सहमति भएको छ । त्यसको १० नं. र ११ नं. वुँदामा गरेको हस्ताक्षरले प्रचण्डले असंलग्न परराष्ट्र नीतिको विपरित गरेर परराष्ट्र नीतिको धज्जी उडाएका छन् । यसले गर्दा प्रचण्ड लेण्डुप दोर्जेको नयाँ संस्करण हुन्,’ गजुरेलले विरोध र्यालीपछि भएको कोणसभालाइ सम्वोधन गर्दै भनेका छन् ।

एक फरक प्रसंगमा उनले अख्तियार प्रमुख लोकमानसिंह कार्कीको वारेमा अदालतले सक्कली नियुक्ति पत्र माग गर्दा सरकारले भुकम्पको कारण हराएको भन्ने जवाफ दिनु गैरजिम्मेवारीको पराकाष्ठा भएको बताए । ‘सरकारले नै यसरी अदालतको अपहेलना गर्नु कहाँको राजनैतिक र न्यायिक राज्यको चरित्र हो ?,’ उनले प्रश्न गरेका छन्

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up