निकै कमालको छ आइफोन पछाडि हुने सानो प्वाल, थाहा पाउनुहोस् के गर्छ यस्तो

iphone-speakerमोबाइल फोनको दुनियाँमा एप्पल आइफोन सबैभन्दा बढि रुचाइएको ह्यान्डसेट हो । एप्पल आइफोनको प्रविधिमा पूरा संसार फिदा छ । यसै कारण नयाँ आइफोन सार्वजनिक भए लगत्तै प्रयोगकर्ताहरु नयाँ आइफोनको व्यग्र प्रतिक्षामा हुन्छन् ।

एप्पल आइफोन आफैंले एक अत्याधुनिक प्रविधियुक्त छ जसमा स–साना पूर्जा पनि निकै नयाँ प्रविधिले बनाइएको हुन्छ । आइफोनका यही पार्टस्हरुमध्ये एक हो रियर क्यामरा र एलइडी फ्ल्यासको नजिक रहेको सानो प्वाल । हो, आइफोनको यो सानो प्वाल निकै कमालको छ जसमा तपाईंले कहिले पनि ध्यान दिएका हुँदैनन् तर यसले प्रयोगकर्तालाई निकै मद्दत गरेको हुन्छ ।

क्यामरासँग कुनै सम्बन्ध छैनः
आइफोनमा क्यामरा र फ्ल्यासको बिचमा दिइने सानो प्वालको सम्बन्ध क्यमरा लेन्स र फ्ल्यास लाइटसँग हुँदैन । यसको काम तपाईंले सोचे भन्दा निकै फरक छ ।

यो काम गर्दछः
आइफोनको पछाडि पट्टी हुने सानो प्वाल वास्तवमा एक माइक्रोफोन हो तर प्राविधिक रुपमा यो त्यो माइक्रोफोन होइन जसले तपाईंको आवाज फोनमा कुरा गरिरहने व्यक्तिसम्म पुर्याउँछ । यो माइक्रोफोनले ब्याकग्राउन्डबाट आउने अनावश्यक आवाजलाई रोक्दछ । जब तपाईं फोनमा कुरा गरिरहनु हुन्छ तब यो फोनले आफ्नो काम गर्दछ । यसले फोनमा कुराकानी गर्दा निकै राम्रो क्वालिटिको आवाज सुन्नमा सहयोग गर्दछ ।

 

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up