प्रचण्डको बदनाम गर्न खोज्दा एमाले आफैं फस्यो, महेन्द्रबाहदुर पाण्डे परराष्ट्रमन्त्री हुँदा नै विवादस्पत् सहमति गरेको खुलाशा

असाेज – ३ । परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारि गर्दै नेपाल र भारतले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा जारी गरेको संयुक्त वक्तव्यका बारेमा प्रष्टिकरण दिएको छ । उसले विवादित भनिएका बुँदा एमालेका तर्फबाट परराष्ट्रमन्त्री रहेका महेन्द्रबहादुर पाण्डेका पालामा भारससँग भएका सहमति र सम्झौता भएको प्रष्ट गरेको छ । परराष्ट्रले विषयलाई अनावश्यक हिसावले विवादित बनाउन खोजेको प्रष्टाउन खोजेको देखिन्छ । उसले संयुक्त वक्तव्यमा उल्लेखित बुँदा सामान्य अन्तराष्ट्रिय प्रावधानअनुसार रहेको जनाएको छ ।

image

एमालेले बुँदा नम्बर एघारलगायतका विषयलाई लिएर प्रधानमन्त्रीको राजीनामा मागेको थियो । परराष्ट्रले सो बुँदा एमालेकै मन्त्रीले गरेको सहमतिमा आधारित भनेर प्रष्टिकरण दिएको छ । एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री प्रचण्डले कलंकको टीका लगाएको भन्दै कडा टिप्पणी गरेका थिए । सचिव योगेश भट्टराईले प्रधानमन्त्रीको राजीनामा माग गरेका थिए ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up