१ अर्ब लागतमा विराटनगरमा बन्ने भयो ११ तले सपिङ मल

एक अर्बभन्दा बढीको लगानीमा विराटनगरमा ११ तले महल मल निर्माण अघि बढाइएको छ ।
पूर्वाञ्चलको आवश्यकतालाई मध्यनजर गरेर उद्योगपति मोती दुगडले विराटनगर–७ स्थित शिव मन्दिर छेउमा महल निर्माण सुरु गरेको बताए।
एकै स्थानमा सबै सुविधा उपयोग गर्न पाइयोस् भन्ने उद्देश्यले महल निर्माण सुरु गरेको यो महल सम्भवतः नेपालकै ठूलो महलका रुपमा स्थापित हुने र भारतीय सीमाक्षेत्र जोगवनीले जस्तै यो महलको निर्माणले नेपाली ग्राहकलाई आकर्षित गर्ने उनले जानकारी दिए।
जमिन मुनिको तलामा २५० भन्दा बढी सवारी साधन एकैपटक राख्न सक्ने गरी निर्माण भइरहेको सो महलभित्र सपिङ सेन्टर, डिपार्टमेन्टल स्टोर्स सञ्चालनमा ल्याइने उद्योगी दुगडको भनाइ छ ।
डिपार्टमेन्टल स्टोर्स पुग्नका लागि लिफ्ट वा बिजुलीबाट चल्ने सिँढी राखिने, महलभित्र हेल्थ क्लब, फुटर्कार्ट, थ्रिडी सिनेमा हल र बच्चाका लागि वाटर पार्क, प्ले जोनको निर्माण हुनेछ । पाँचतारे होटल, स्विमिङ पुल, सभा समारोह गर्ने थिएटर, हलसमेत रहने महल व्यवस्थापनले जनाएको छ ।
एक बिगाहा छ कट्ठा जमिनमा निर्माण हुन लागेको महलमा एक सयभन्दा बढी कोठा रहने र महलको पछिल्लो भागमा होटल रहने छ । रासस
Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up