विश्वविजेता कप्तान माइकल क्लार्क नेपाली बलर सन्दीप लामिछानेलाई स्वागत गर्न एयरपोर्ट पुगे र भने- मेरो ‘सानो’ साथी आइपुग्यो ।

image
अष्ट्रेलियाका विश्वविजेता कप्तान माइकल क्लार्कले आफ्ना प्रिय बलर सन्दीप लामिछानेलाई एयरपोर्ट पुगेर स्वागत गरेका छन् । क्लार्ककै निमन्त्रणामा सन्दीप अष्ट्रेलियाका पुगेका हुन् । सन्दीपले ५ दिने माइकल क्लार्क क्रिकेट एकेडेमीमा प्रशिक्षण गरेपछि ५ महिना वेस्ट सबर्बबाट ग्रेड क्रिकेट खेल्नेछन् ।

सन्दीप हिजो अष्ट्रेलिया प्रस्थान गरेका हुन् । उनी र आज बिहान सिड्नी बिमानस्थलमा ओर्लिएका हुन् । क्लार्कले सन्दीपलाई स्वागत गरेको भिडियो आफ्नो फेसबुक र ट्वीटरमा पोष्ट गर्दै आफ्नो ‘सानो’ साथीलाई भेट्न पाएकोमा खुशी व्यक्त गरेका छन् ।

हङकङमा भएको हङकङ ब्लिज ट्‌वान्टी –२० प्रतियोगितामा खेल देखेर प्रभावित क्लार्कले सन्दीपलाई अष्ट्रेलिया बोलाउने चाँजोपाँजो मिलाएका हुन् । विश्व क्रिकेटका एक सफल खेलाडी क्वार्कले सन्दीपलाई सोही बेला अष्ट्रेलियामा खेल्न बोलाउने आश्वासन दिएर तयार भएर बस्न भनेका थिए ।

सेप्टेम्बर २४ मा वेस्ट सबर्बले मोसमानसँग एलन बोर्डर ओभलमा क्लार्क र सन्दीप पहिलोपटक अस्ट्रेलियामा एकपटक मैदानमा उत्रिने छन् ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up