दक्षिण कोरिया पुगेको दुई महिनामै एक नेपालीको मृत्यु असोज ३

death bodyदक्षिण कोरिया पुगेको दुई महिनामै एक नेपालीको सुतेकै अवस्थामा मृत्यु भएको छ ।

इपीएसमार्फत रोजगारीका लागि कोरिया पुगेका ३४ वर्षीय दुधराम लिम्बुको मृत्यु भएको हो ।

तेह्रथुम जिल्ला घर भएका दुधरामको गएराती काम गर्ने ख्यंगी प्रान्तको किम्फो ओल्गोतस्थित फोह्यान मेटल कम्पनीको होस्टेलमा मृत्यु भएको किम्फो प्रहरीले जानकारी दिएको छ ।

राम्रैसँग खानपिन गरेर सुतेका दुधरामले राती करिब तीन बजेतिर अनौठो तरिकाले शरिर चलाएको उनका रुम पार्टनर रोशन शाहीले बताए । के भयो भनेर उठाउन खोज्दा नउठेपछि उनले अर्को रुममा बस्ने विदेशी साथीलाई खबर गरेर अस्पताल पुर्याइएको उनले जानकारी दिए ।

लिम्बु गत जुलाई ३ तारिखमा कोरिया प्रवेश गरेको बताइएको छ । उनको अहिलेसम्म पनि परिचय पत्र (एलेन कार्ड) समेत नबनेको जानकारीले उल्लेख गरेको छ । जाँडरक्सीलगायत धुम्रपान र मध्यपानबाट टाढा रहेका लिम्बु विवाहित हुन् । उनकी एक १० वर्षीया छोरीसमेत रहेको बुझिएको छ ।

उनका बारे नेपालको विस्तृत ठेगाना पत्ता लगाउने प्रयास भइरहेको छ । उनको शव किम्फोको थोन्जीन अस्पतालमा राखिएको बताइएको छ ।

 

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up