सुनसरीको इटहरीमा संविधानको विरोध र स्वागत एकै पटक

इटहरी / नयाँ संविधान जारी भएको एक वर्ष पुगेको अवसरमा इटहरीमा स्वागत र विरोध एक पटक भएको छ। संविधानको स्वागत गर्दै प्रमुख राजनीतक दलले स्वागत र्‍याली निकालेका छन् भने संविधानको विरोध गर्दै विभिन्न राजनीतिक दलहरुले इटहरीमा कालो झण्डासहित प्रदर्शन गरेका छन्। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्वुवान पार्टीसहित २७ दलले कालो झण्डासहित इटहरी उपमहानगरपालिका कार्यालयको मुख्य गेटमा विरोध स्वरुप कालो झण्डा गाडेका हुन्। –उनिहरुले संविधानले सबैको भावना नसमेटेको भन्दै संशोधनको माग गर्दै ठूला दलको विरोधमा चर्का नारावजी गरे। कार्यक्रममा संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य पदम अधिकारी, लिम्वुवान नेपालका नेता केदार उप्रेती लगायतले कोणसभालाई सम्बोधन गरेका थिए। इटहरी उपमहानगरपालिका बाहिर विरोध कार्यक्रम भइरहँदा भित्र भने उपमहानगरपालीको आयोजनामा संविधान स्वागतको कार्यक्रम चलिरहेको थियो। गेटबाट भित्र पस्न खोजेका आन्दोलनकारीलाई प्रहरीले भित्र पस्नबाट रोकेको थियो।

त्यस्तै इटहरी उपमहानगरपालिको आयोजनामा संविधानको स्वागतार्थ विभिन्न कार्यक्रमको आयेजना भएको छ। बिहानै कार्यालयको गेटबाट निस्केका दलहरू सहितको र्‍यालीले नगर परिक्रमा गरेको थियो। त्यस्तै इटहरी क्षेत्रका सांसद रेवती रमण भण्डारीको प्रमुख आतिथ्यमा स्वागत कार्यक्रम सम्पन्न भएको छ। सांसद भण्डारीले संविधानामा सबैको भावना नसमेटिएको स्वीकार्दै यसलाई विस्तारै जनभावना अनुरुप संशोधन गर्दै जानुपर्ने बताए। तर जारी भइसकेको संविधानको औचित्य माथि नै प्रश्न गर्न कसैलाई छुट नभएको बताए ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up