संविधान च्यात्ने र जलाउने पाखण्डीको पछि लाग्दैनौ- पोखरेल, प्रेस चौतारी पुरस्कारबाट सुवेदी सम्मानित

विजय नेपाल

पोखरा, ३ असोज- एमाले महासचिव ईश्वर पोखरेलले संविधान च्यात्ने र जलाउने पाखण्डीको पछि नलाग्नेको पछि एमाले नलाग्ने बताएका छन् । 

 

प्रेस चौतारी नेपाल कास्की शाखाद्वारा स्थापित प्रेस चौतारी पत्रकारिता पुरस्कार पत्रकार निमदत्त सुवेदीलाई हस्तान्तरण गर्दै उनले संविधान गतिशील दस्तावेज भएको कारण यसको चिरहरण हुने गरी संशोधन संशोधनका लागि पाखण्डी र नौटंकीको पछि नलाग्ने स्पष्ट पारेका हुन् । 

 

उनले नेपाली जनताको संघर्षको प्रतिफलस्वरुप प्राप्त संविधानलाई कार्यान्वयन गर्नका लागि पार्टी दृढताका साथ लाग्ने बताए ।

 

महासचिव पोखरेलले सञ्चार क्षेत्र समाजको सत्य तथ्यलाई उजागर गर्ने महत्वपूर्ण माध्यम भएको बताउँदै नेकपा एमालले पार्टीको नीति निर्माण लगायत स्थानमा सञ्चार क्षेत्रलाई महत्वपूर्ण भूमिका प्रदान गर्दै आएको बताए ।

 

कार्यक्रममा एमाले महासचिव पोखरेलले नगद ११ हजार १ सय ११ रुपैयाँ सहित दोसल्ला ओढाएर सम्मानपत्र हस्तान्तरण गरेका थिए ।  सम्मानित व्यक्तित्व सुवेदी राष्ट्रिय समाचार समिति पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखराका प्रमुख छन् । 

 

कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष गणेश पाण्डे, नेपाली काँग्रेस कास्कीका सचिव सुदिप मोहन भट्टराई, अग्रज पत्रकार पुण्य पौडेल, बद्रीविनोद प्रतीक, नवराज सुवेदी,  पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली, प्रेस चौतारी नेपाल कास्कीका अध्यक्ष माधव बराल, प्रेस सेन्टर कास्कीका अध्यक्ष विभु भुषाल, पत्रकार महासंघ प्रदेश नं ४ संयोजक हरिनारायण गौतम, पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष विश्वशंकर पालिखे, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य जमुना वर्षा, प्रेस चौतारी नेपाल कास्कीका उपाध्यक्ष रामजी लम्साल, सहसचिव मोतिसागर अधिकारी, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवम् प्रतिभा छनौट समितिका संयोजक श्याम कुँवर लगायतले बोलेका थिए । 

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up