असोज २१ मा ‘किस्मत २’ संग ‘सुब्बा साब’को प्रतिस्पर्धा

असोज २१ मा छविराज ओझाको चलचित्र ‘किस्मत २’ संग ‘सुब्बा साब’को प्रतिस्पर्धा हुने भएको छ । आशुतोष फिल्मस् प्रोडक्सन प्रालि र शुभ सक्षम म्युजिक प्रालिको व्यानरमा निर्माण भएको चलचित्रलाई राजु अधिकारीले निर्देशन गरेका हुन् । निजामती कर्मचारीको इमान्दारिता र राष्ट्र सेवा अनि सन्तान प्रतिको मायालाई चलचित्रले देखाउन खोजेको निर्देशक निर्देशक अधिकारीले बताए । हिरामणि न्यौपानेको प्रस्तुतिमा तयार भएको चलचित्रमा जीवन लुँइटेल, सरोज खनाल, गौरी मल्ल, वर्षा शिवाकोटी, दिपक दकाल र जानवी बस्नेत लगायतको अभिनय छ। चलचित्रमा हिरामणि न्यौपानेको कथा र संगीत, शर्मिला न्यौपानेको गीत, कमल राई र गोविन्द्र प्रभातको नृत्य, सुवास देवकोटाको सम्पादन, मौनता श्रेष्ठको पटकथा तथा संवाद र पवन गौतमको छायांकन छ। ऋषि लामिछानेले निर्देशन गरेको ‘किस्मत २’ मा भने शिल्पा पोखरेल र किसोर खतिवडाको मुख्य भूमीकामा देखिएका छन् ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up