एमालेले संविधानको एउटै धारा पनि परिवर्तन गर्न र देशलाई टुक्रयाउन दिदैन : नेता वामदेव गौतम :: थप समाचार >>

  1. image
    पोखरा, २९ साउन । नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले संविधानको एउटै धारा पनि परिवर्तन र प्रदेशको एक ईन्च जमिन पनि तल माथि हुन नदिने बताउनु भएको छ ।

    प्रेस चौतारी नेपाल कास्कीले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले अघिल्लो सरकार गिराउन कुनै तथ्यगत आरोप लगाउन नसकी विपक्षमा बहुमत पु¥याएर अर्को सरकार बनाइएको उल्लेख गर्नु भयो ।
    उहाँले सरकारले राम्रो काम गरे समर्थन र नराम्रो काम गरे विरोध गर्ने उल्लेख गर्दै देशलाई टुक्रयाउन एमालेले कदापि नदिने बताउनुभयो । रासस

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up