आकांक्षी धेरै भएपछि मन्त्री छान्न प्रचण्डलाई हम्मे हम्मे :: पुरा पढ्नुहोस् >>

काठमाडौं, २८ – मन्त्री बन्ने आकांक्षी धेरै सीमित नाम छनोट गर्न प्रधानमन्त्र प्रचण्डलाई हम्मे हम्मे परेको छ। पार्टीका भागमा परेका आठ मन्त्रालयमध्ये तीन मन्त्री यसअघि नै छनौट गरेको माओवादी केन्द्रले बाँकी पाँच जना मन्त्रीको नाम छनोट गर्न नसक्दा शुक्रबार गर्ने भनिएको मन्त्रिपरिषद विस्तार रोकिएको छ। प्रधानमन्त्री प्रचण्डले आज आफ्नोतर्फबाट मन्त्रीको नाम छनौट गरी मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका थिए।
मन्त्रीको नाम छान्न शुक्रबार विहान प्रचण्ड निवास लाजिम्पाटमा माओवादी केन्द्रीय कार्यालयको बैठक बसेको थियो। बैठकले मन्त्रीको नाम छान्न नसकेपछि भदौं ११ गते राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक गर्ने निर्णय गरेको छ। स्रोतका अनुसार यसअघि माओवादीले पाँच जना मन्त्रीको नाममा सहमति गरेको थियो, जसअनुसार राम कार्की, जनार्दन शर्मा, प्रभु साह, हितराज पाण्डे र डिआर पौडेललाई सरकारमा पठाउने सहमति भएको थियो।

तर कोही पनि महिला सदस्यको नाम मन्त्री हुने सूचिमा नआएपछि पार्टीभित्र चर्को विरोध भएको छ। जसका कारण मन्त्रीको नाम छनौट गर्न माओवादीले सकेको छैन । मन्त्रीको नाम टुंगो लगाउन नसकेपछि माओवादीले आगामी भदौ ११ राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक गर्ने निर्णय गरेको थियो।
image

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up