एमाले बिनै संविधान संशोधनको तयारी!

image

काठमाडौं, २८ साउन – माओवादी नेतृत्वको वर्तमान सरकारले प्रमुख प्रतिपक्ष एमालेलाई बाहिरै राखेर संविधान संशोधनको तयारी गरेको छ। सरकारले एमाले नेतृत्वको गठबन्धनको सहमति विनै संविधान संशोधन विधेयक संसदमा दर्ता गर्ने तयारी गरेको हो।

स्रोतका अनुसार राप्रपा नेपाललाई साथमा लिएर बाँकी संविधान संशोधनको तयारी भएको हो। जस अनुसार दलहरुबीच सुनसरीको देवानगंज, सायवगंज, पूर्व कुशाहा र पश्चिम कुशाहालाई दुई नम्बर प्रदेशमा मिलाएर सीमांकनको समस्या समाधान गर्ने गरी मधेसी मोर्चासँग सहमतिको तयारी हुँदैछ। सुनसरीका यी स्थान दुई नम्बर प्रदेशमा गाभेपछि दुई नम्बर प्रदेशको सीमाना सप्तकोसी पारिसम्म हुनेछ।

जुन भारत र मधेसी मोर्चाको चाहना पनि हो। नेपालमा मुख्य रुपमा भारतको पानीको चासो रहँदै आएको छ। आफ्नो पानी समस्या समाधान गर्न भारतलाई नेपालका दुई ठूला नदी सप्तकोसी र कर्णाली नदी नियन्त्रणमा लिने भारतीय प्रयासलाई साथ दिने गरी संविधान संशोधनको तयारी भएको हो । जसप्रति मधेसी मोर्चा सकारात्मक भएको बताइएको छ। एमालेलाई बाहिरै राखेर संविधान संशोधन गर्न राप्रपा नेपालको मत आवश्यक हुने भएकाले संविधान संशोधनमार्फत धर्म निरपेक्ष राज्य भन्ने वाक्याशं नराखिने तयारी भइरहेको छ।

पहिलो संविधानसभाबाट हिन्दू राज्य हटाउन विशेष भूमिका निर्वाह गरेका क्रिश्चियन नेता कृष्णबहादुर महरामार्फत भारतले ओली सरकारको विकल्प खोज्न माओवादीलाई दबाब दिएको थियो। स्रोतका अनुसार भारतीय खुफिया एजेन्सी रअले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई संविधान संशोधनमार्फत धर्म निरपेक्ष राष्ट्र हटाउने आश्वासनसहित संविधान संशोधनका पक्षमा मतदान गर्न राजी बनाएको बताइएको छः

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up