यस्तो छ विदेशकाे पीडाः कुबेतमा नेपाली चेली सरिता तामाङ बेपत्ता, घर मालिकले नै मारेर फालेकाे आशंका

कुवेत । कुवेतमा घरेलु कामदारका लागि पुगेकी एक नेपाली महिला झण्डै डेढ बर्ष देखि सम्पर्क विहीन भएकी छन् । सिन्धुपाल्चोक दुबाचौर गाबिस वार्ड नं ३ हालको मेलाम्ची नगरपालीका बालुवा दुबाचौर, वडा नं ७ की सरिता तामाङ परिवारसंग सम्पर्क बिहीन भएकी छन् ।

दुई वर्ष अघि भारतको बाटो हुदै दलाल मार्फत कुबेत पुगेकी २७ वर्षिया तामाङ त्यहां पुगेको केही महिना पछि नै परिवारको सम्पर्कमा छैनन् ।

उनले सिन्धुपाल्चोकवाट १०७७४७५ नम्बरको नागरीकता र ०५८४६२४३ नम्बरको राहदानी लिएकी छन् । सोही राहधानी लिएर २०७२ साल कात्तिकमा छिमेकी मेलाम्ची नगरपालीका सिमाबार वडा नं ८ का श्रीलाल स्यान्ङ्बो मार्फत सरीता कुवेत पुगेकी थिइन् ।

कुवेत पुगेको केही महिना पछि इन्टरनेट मार्फत परिवारको सम्पर्कमा आएकी तामाङले आफु सुरक्षित नभएको बताएकी थिइन् । त्यसपछि उनी कहां छन् कस्तो अवस्थामा छन् केही जानकारी नभएको परीवारका सदस्यले बताएका छन् ।

“मेरो ज्यान खतरामा छ मलाई उद्यार गर भन्दै इन्टरनेट मार्फत खबर गरेकी थिइन्, उनका दाजु सोमर तामाङले भने, अहिले सम्म पनि केही खोज खबर छैन । ”

सरीता सम्पर्क विहीन भएपछि उनलाई कुबेत पुर्याउने दलाल स्यान्ङ्बो पनि सम्पर्कमा नआएको सोमरले बताए । तामाङले आफ्नी बहिनीको जीवन रक्षाको लागि सबैसंग अपिल गरेका छन् । “जब सरिता संपर्क बिहिन भईन त्यसै बेला देखी उनलाई कुवेत पठाउने एजेन्ट श्रीलाल स्यान्ङ्बो पनि घरबाट भागे, सोमर भन्छन्, अब हामी खोजि गर्न कहां जाने ?”

सरीताले मलाई बचाउनुस भनेर फोन गरेपछि परिवारमा रुवाबासी चलेको छ दुइवटा स( साना छोराछोरी घरमा छोडेर कुवेत पुगेकी सरिता सम्पर्क बिहीन भएपछि आमा बोलाइदेउ भन्दै छोराछोरी रोइकराई गर्न थालेका छन् । “ नाबालक छोराछोरीले सधैं आमा कहिले आउने भन्छन, सोनार भन्छन्, हामीले उनीहरुलाई के जवाफ दिने ?”

सरीताको खोजिका लागि उनका परिवारका सदस्यले सबै निकायमा अपिल गरेका छन् । “बैदेशिक रोजगार बिभाग देखी पररास्ट्र मन्त्रालय धेरै पटक धाइयो । बिभिन्न ठाउँबाट खोजी गर्दा बल्ल पासपोर्टको लागि भरिएको फारम भेटियो तर हाम्रो रुवाइ सुन्ने र सरिताको उद्दारमा चासो दिने कोही भएन ।” सोनारले गुनासो गरे ।

परिवारका सदस्यले सरिताको उद्दारको लागि नेपाली दुताबास कुवेत, एनआरएनए, पत्रकार महासंघ कुवेत लगायत कुवेतमा कृयाशिल नेपाली संघ संस्थाहरु समक्ष अनुरोध गरेका छन् ।हरिकृष्ण न्यौपाने

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up