साहित्यकार केसीको दुर्घटनामा परी ज्यान गयो

बुटवल,२ असार । सवारी दुर्घटनामा परी लेखक,साहित्यकार तथा नागरिक समाजका अगुवा विकास केसीको निधन भएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत बुटवलको धागो कारखाना अगाडि बसको ठक्करबाट घाइते केसीको उपचारका क्रममा आज बिहान भैरहवा मेडिकल कलेजमा मृत्यु भएको हो ।

आईतबार सांझ बुटवलबाट देवदहतर्फ जादै गर्दा केसी सवार लु १० प २३१९ नम्बरको मोटरसाइकललाई उही दिसाबाट गईरहेको लु १ ख ९४६२ नम्बरको बसले ठक्कर दिएको थियो ।

५५ वर्षे केसी मालेमा अध्ययन केन्द्रका अध्यक्ष,प्रगतिशिल लेखक संघ रुपन्देहीका उपाध्यक्ष ,नागरिक मञ्चका महासचिव ,बुटवल साहित्य कला संस्कृति प्रतिष्ठानका सदस्य रहेका थिए ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up