शिक्षकले राजनीति गरेको भन्दै पक्लिहवा कृषि क्याम्पसमा झडप

बुटवल, २ साउन । कृषि र पशु विज्ञान अध्ययन संस्थान पक्लिहवा क्याम्पसमा ने।क।पा। ९माओवादी केन्द्र० निकट अनेरास्ववियू ९क्रान्तिकारी० र ने।क।पा। एमाले निकट अनेरास्ववियु विद्यार्थी समूह बीच आइतबार झडप भएको छ ।
झडपमा परी कैलाश रायमाझी, निराजन तिमल्सिना, इम्तियाज खान, सुवास क्षेत्री, सुदिप भट्टराई लगायतका विद्याथीहरु घाइते भएको र उपचारका निम्ती भैरहवाको युनिभर्सल मेडिकल कलेजमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।
क्याम्पसमा नयाँ बिद्यार्थी रिसिभ गर्नको लागि उक्त क्याम्पसमा सधै जसो होडवाजी चल्ने क्रममा बिभिन्न बिद्यार्थी संगठनहरु बीच झडप हुने गर्दछ । तर आइतबारको उक्त घटनामा नयाँ बिद्यार्थी रिसिभ गर्ने क्रममा एक संगठनको पक्षमा क्याम्पसको उप–प्राध्यापक हुमा न्यौपानेको प्रत्यक्ष संलग्नता रहेको विषयमा झडप भएको पाइएको छ । उप–प्राध्यापक न्यौपानेले नयाँ विद्यार्थी र उनीहरुका अभिभावकहरुलाई आफ्नो कोठामा बोलाई अनेरास्ववियू ९क्रान्तिकारी० र नेपाल विद्यार्थी संघ विरुद्ध भड्काउने गरेको नाम नखुलाउने शर्तमा एक विद्यार्थीले जानकारी गराए । एक पटकमात्र नभएर पटक पटक क्याम्पसमा उप–प्राध्यापक न्यौपानेले राजनीति गरेको र विद्यार्थीहरुलाई भड्काउने गरेको उनले थपे ।
आइतबार चितवनकी एकजना छात्रा क्याम्पसमा भर्ना हुन आएको बेला अखिल क्रान्तिकारीले आफ्नो पक्षमा र अखिलले आफ्नो पक्षमा बिद्यार्थीलाई तानातान गर्ने क्रममा झडप भएको क्याम्पसका होस्टल वार्डेन चन्द्रेश सिंहले बताए ।
यता अखिल क्रान्तिकारी निकट बिद्यार्थीहरुले आफुहरुले उक्त बिद्यार्थीको सबै काम गरिदिएकाले उनी आफुहरु निकट भएको बताएका छन भने अखिल निकट बिद्यार्थीहरुले उनी आफुहरु निकट भएपनि क्रान्तिकारी बिद्यार्थी संगठनले जबर्जस्ती गरेको आरोप लगाएका छन् ।
घटनाको संवेदनशिलता हेरी क्याम्पस प्रमुख प्रोफेसर डा। कन्हैया प्रसाद सिंहले क्याम्पस हाता भित्र विभिन्न विद्यार्थी संगठन बीच आपसी झै झगडा, ढुंगामुडा भई क्याम्पसको शान्ति सुरक्षाको स्थिती नियन्त्रण बाहिर गएकोले आइतबार साझँ ४ बजे सम्म सम्पूर्ण छात्रवास खाली गरी अनिश्चितकालिन क्याम्पस बन्द गर्न निर्णय भएको बताए । क्याम्पसमा उत्पन्न उक्त समस्याले यही साउन ६ गतेदेखि संचालन हुन लागेको आठौं सेमेस्टरको फाइनल परीक्षामा समेत अबरोध सृजना हुने सम्भावना बढेको छ ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up