काठमाण्डौका मेयर विद्यासुन्दर शाक्यको अर्को विवादास्पद निर्णय !

काठमाण्डु, साउन– चुनावमा स्मार्ट सिटी बनाउने नारा बेचेर विजयी भलगत्तै आफूसहित पदाधिकारीलाई सरकारी पैसामा मोबाइल किन्ने निर्णय गरेर विवादमा परेका काठमाण्डु महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अर्को विवादास्पद निर्णय गरेका छन् ।

महानगरपालिकाले राजधानीका सडक तथा खाली जमिनमा शःसुल्क सवारी पार्किङमा रोक लगाउँदै महंगो पार्किङ शुल्क असुल्ने निर्णय गरेको छ । महानगरले शनिबार पारित गरेको आर्थिक ऐनमा महानागरभित्र सवारी पार्किङको अत्याधिक शुल्क उठाउने उल्लेख छ ।

ऐनमा प्रतिसवारी साधन एक घण्टामा १५ देखि २ सय रुपैयाँसम्म तिर्नुपर्ने व्यवस्था छ । महानरपालिकाले निजी लगानीमा समेत पार्किङस्थल निर्माण गर्न सकिने ऐनमा व्यवस्था गरेको छ । महानगरले काठमाण्डुलाई दुई श्रेणीमा विभाजन गरी त्यसैअनुसारको पार्किङ शुल्क तोकेको छ । सोह्रखुट्टे, नयाँबजार, गोंगबु, सामाखुसी, धापासी, महाराजगञ्ज, चप्पल कारखानासम्मको सडक आसपासमा पार्किङ गर्दा एक घण्टामा दुई पांग्रे सवारीले १५ रुपैयाँ, चार पांग्रे ४० रुपैयाँ र ६ पांग्रे वा सो भन्दामाथिका सवारीले १२० रुपैयाँ तिर्नुपर्ने भएको छ ।

यस्तै न्यूरोड, धर्मपथ, कान्तिपथ, दरबारमार्ग, त्रिपुरेश्वर, रत्नपार्क, भोटाहिटी, केशरमहल, लौनचौर, सोह्रखुट्टे, विष्णुमती, टेकु त्रिपुरेश्वर क्षेत्रमा दुई पांग्रेले प्रतिघण्टा २०, चार पांग्रेले ५० र छ पांग्रे वा सो भन्दामाथिका सवारीले प्रतिघण्टा २ सय रुपैया असुल्ने निर्णय महानगरले गरेको छ ।

उता बिजुलीबजार पुलदेखि मनोहरा पुल, पेप्सिकोलासम्म, पुतली सडक, बागबजार, डिल्लीबजार, मैतीदेवी, पुरानोबानेश्वर, गौशाला, चाबहिल, बौद्ध, कोटेश्वर, सुकेधारा, ज्ञानेश्वर, टेकु पुल पश्चिम बल्खु, कलंकी, कालिमाटी, कुलेश्वर, कुमारी क्लब, सितापाइला, माछा पोखरी बालाजुसम्म दुई पांग्रेका लागि प्रतिघण्टा १५ रुपैयाँ, चार पांग्रेका लागि ४० रुपैयाँ र ६ पांग्रे वा त्यसमाथिका लागि १ सय रुपैयाँ शुल्क तोकिएको छ । काठमान्डू टुडे

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up