तीन महिनाको अवधिमा सर्पको डसाइबाट सातजनाको मृत्यु

कैलाली, साउन १

यस वर्ष वैशाखदेखि असारसम्मको तीन महिनाको अवधिमा सर्पको डसाइबाट सातजनाको ज्यान गएको छ ।
सेती अञ्चल अस्पताल इमर्जेन्सी वार्ड इन्चार्ज कृष्ण बोहराले सर्पको डसाइबाट तीनजनाको उपचारका क्रममा र चारजनाको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको जानकारी दिनुभयो । उहाँले सर्पले डसेमा ग्रामीण भेगतिर शुरुमा झारफुकजस्ता उपचार प्रक्रिया अपनाउने प्रवृत्तिका कारण अस्पताल ल्याउन ढिलाइ भई मृत्यु हुने गरेको बताउनुभयो ।

कैलालीको सेती अञ्चल अस्पतालमा गत वर्ष सर्पले डसेका २१५ जना बिरामी उपचारका लागि आएका थिए भने यस वर्ष तीन महिनाको अवधिमा ६८ जना बिरामी उपचारका लागि अस्पताल आइसकेका छन् ।

गत वर्ष एक वर्षको अवधिमा सातजनाको मृत्यु भएको थियो भने यो वर्ष असारमै मृतकको संख्या सात पुगिसकेको छ । वार्ड इन्चार्ज बोहराले रातिको समयमा सर्प प्रायः आवतजावत गर्ने भएकाले त्यस समयमा बढी सावधानी अपनाउनुपर्ने र केहीगरी डसिहालेमा बिरामीलाई बढी हलचल नगराई सक्दो चाँडो अस्पताल पु¥याउनुपर्नेे सुझाव दिनुभयो । रासस

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up