भारतीय सेना फिर्ता नबोलाय भारत लाई खतरा

साउन १, काठमाडौं । चीनका सरकारी मिडियाले भारतले यदि  विवादित सीमा क्षेत्रबाट आफ्नो सैनिकलाई फिर्ता नबोलाएमा लाजमर्नु स्थितिको सामना गर्नुपर्नेछ भन्दै भारतलाई चेतावनी दिएको छ ।

चीनको समाचार एजेंसी सिन्ह्वाले चीन–भारत र भूटानको सीमावर्ती क्षेत्र डोकलामबाट भारतले जबसम्म आफ्नो सेनालाई फिर्ता बोलाउँदैन तबसम्म यसबारे केहीपनि कुराकानी नहुने बताएको छ ।

भारतका अनुसार उसले गएको महिना यस क्षेत्रमा आफ्नो सैनिकलाई  एक नयाँ सडक निर्माणको कार्यलाई रोक्नको लागि पठाएको थियो जुन क्षेत्र चीन र भूटान दुवैले आफ्नो भएको दावी गरेका छन् ।

यो इलाका भारतको राज्य सिक्किम तथा छिमेकी देश भूटानको सीमासँग मिल्दछ । यस क्षेत्रमा चीन तथा भूटानको बीच विवाद रहेको छ जसमा भारत भूटानलाई समर्थन गरिरहेको छ ।

भारतलाई यो सडक बन्यो भने त्यसले चीनलाई रणनीतिक लाभ हुन सक्ने शंका रहेको छ ।

यस क्षेत्रमा भारत र चीनबीच १९६७ मा पनि झडप भइसकेको छ । दुई देशबीचको तनाव यसपटक पहिलाको तुलनामा धेरैनै बढी भएको अनुमान गरिएको छ ।- बीबीसी हिन्दी

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up