जुवाडे श्रीमानले अन्तमा आफ्नै श्रीमतीलाई दाउमा राखे र हारे श्रीमती नै साथिलाई…

काठमाडौं। एक पतिले साथीहरुसँग जुवामा आफ्नी पत्नी पनि हारेपछि पत्नीलाई साथीहरुको जिम्मा लगाइदिए । ती साथीहरुले ती महिलालाई सामूहिक बलात्कार गरे । अहिले आएर ती साथीहरुले आफ्नी छोरीमाथि गिद्धेदृष्टि लगाएको भन्दै महिलाले प्रहरीमा गुहार मागेकी छिन् ।

भारतको इन्दौरमा ती ३८ वर्षीया महिलाले प्रहरीमा गएर आफूमाथि घटेको घटना सुनाएपछि प्रहरी पनि छक्क परेको छ । महिलाका अनुसार इन्दौरको बेटमा निवासी उनका पति किशोर बाह्रमासे जुवाडे हुन् ।

उनी केही वर्षदेखि साथीहरुसँग दैनिक जुवा खेल्छन् । यही चक्करमा उनले आफ्नो सबैथोक हारेपछि तीन महिनाअघि आफ्नी पत्नीलाई पनि दाउमा लगाएका थिए जहाँ उनले पत्नी पनि जुवामा हारे ।

जुवा जित्ने साथीहरुले उनको घरमा आएर उनलाई जुवामा जितेको भन्दै सामूहिक बलात्कार गरेको महिलाले आरोप लगाएकी छिन् । ती साथीहरुले आफूले असुल गर्नुपर्ने सबै बलात्कार गरेरै असुल्ने बताएको र आफ्ना पतिले पनि उनीहरुलाई नरोकेको ती महिलाको गुनासो छ ।

उनले दिक्क भएर आफ्नो पतीको घर छोडेर अर्कै कोठा लिएर बसिन् । तर त्यहाँ पनि उनका साथीहरु आउन छाडेनन् । अहिले उनीहरुले आफ्नी छोरीमाथि गिद्धेदृष्टि लगाएकोले छोरीलाई बचाइदिन उनले प्रहरीलाई अनुरोध गरेकी छिन् ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up