प्रधानमन्त्री देउवाको कडा निर्देशन: १५ दिन भित्र राजधानीका खाल्डाहरु पुरिसक्नु

काठमाण्डौ । आवश्यक परे थप बजेट दिन तयार रहेको भन्दै सडकका खाल्डाहरु तत्काल पुर्न प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएका छन् । उनले काठमाडौंको अवस्था महानगर भन्नपनि लाज लाग्ने रहेको टिप्पणी पनि गरेका छन् ।

मधानम्न्त्री देउवाले आईतबार सडक, खानेपानी, विद्युत, सडक विस्तार आयोजनालगायत सरोकारवाला मन्त्री, मुख्यसचिव, सचिव र विभागीय प्रमुखलाई बोलाएर सडकका खाल्डा तत्काल पुर्न र ढल फुट्ने समस्या समाधान गर्न निर्देशन दिएका हुन् ।

उनका निजी सचिवालयका अनुसार मधानमन्त्री देउवाले सरोकारवाला निकायका प्रमुखहरुलाई तत्काल फिल्डमा खटिएर समस्या समाधान गर्न समेत निर्देशन दिएका छन् । शुक्रबार अपरान्ह राजधानीको नेपालटारमा ३ कक्षामा अध्ययनरत विनिता फुयालको ढलले बगाएर निधन भएको र सामखुशीमा स्कुले बालिका सत्या सापकोटाको ढलले बगाएर उद्दार गरिएको घटनाप्रति ध्यानाकर्षण गराउँदै प्रधानमन्त्री देउवाले यस्ता समस्या नदोहोरिने गरी समाधान गर्न निर्देशन दिएका हुन् ।

उनले आजै फिल्डमा गएर निर्देशन दिन आग्रह गरेका छन् । साथै बढीमा १५ दिनभित्र काठमाडौंका खाल्डाहरु पुरिसक्न आग्रह पनि गरेका छन् । त्यस्तै फुटेका ढलहरु बनाउन, ढलेका विजुलीको पोल गाडिसक्न भन्दै प्रधानम्नत्री देउवाले अबको १५ दिनभित्र काठमाडौंमा खाल्डा खुल्डी पुरिसक्न निर्देशन दिएका छन् ।

उनले खाल्डा खुल्डीले महानगर भन्न पनि लाज लाग्ने अवस्था रहेको बताए साथै, काठमाडौं उपत्यकाका खाल्डाहरु तत्काल पुर्न भन्दै त्यसको लागि थप वजेट चाहिए म आफुले उपलब्ध गराउने बताएका छन् ।

प्रधानमन्त्री देउवाले काठमाडौं उपत्यकाका नेपाल टेलिकम, विद्युत प्राधिकरण र सडक विभागले समन्य गरेर काम गर्न पनि निर्देशन दिएका छन् । त्यस्त, उनले काठमाडौं उपत्यकाको एकीकृत विकास आयोजनाको प्रस्ताव समेत तयार गर्न निर्देशन दिएका छन् ।

कतिपय सर्भिक दिने कामहरुलाई निजी कम्पनीलाई करारमा लिएर पनि प्रभावकारी काम गर्न सकिने उनको धारणा थियो । प्रधानमन्त्रीले काठमाडौं उपत्यकाको एकीकृत विकास आयोजनाको प्रस्ताव समेत तयार गर्न निर्देशन दिएका छन् ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up