सडक थुनेर दुर्घटना न्युनिकरण: आजदेखि बिपी राजमार्गमा राति गाडी चलाउन नपाइने

साउन १ । यातायात व्यवस्था विभागले बीपी राजमार्गमा आज आइतबारदेखि रातिको समयमा सार्वजनिक सवारी साधन गुड्न नदिने भएको छ । रातको समयमा राजमार्गमा बढी दुर्घटना हुने कारण देखाउँदै बेलुका ६ बजेदेखि विहान ५ बजेसम्म सार्वजनिक सवारी चल्न रोक लगाइएको हो ।

रातको समयमा रुट पर्मिट नभएका सवारी पनि चल्दा दुर्घटनाको जोखिम बढेको र सडकको अवस्था पनि बिग्रने स्थिति आएकाले यस्तो नियम ल्याइएको हो ।

त्यस्तै आइतबारदेखि लामो दूरीमा चल्ने सार्वजनिक सवारीसाधनले गंगबु तथा पुरानो बसपार्कदेखी मात्र प्रस्थानको विन्दु बनाउनुपर्ने भएको छ ।

विभागले अब नयाँ बसपार्कबाट छुटेका सवारी साधन जोरपाटी र कोटेश्वर हुँदै कलंकी आए ट्राफिक तथा यातायात व्यवस्था विभागले ५ हजार रुपैयाँसम्म जरिवाना गर्ने भएको छ । अब उपत्यकाभन्दा बाहिरबाट आएका सवारीसाधन कलंकीबाट सिधा नयाँबसपार्क आउनुपर्ने र नयाँ बसपार्कबाट बाहिर जाने सवारीसाधन कलंकीबाट सिधा बाहिरिनुपर्ने व्यवस्था गरिएको छ ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up