किन पुगे भारतीय राजदूत पार्टी कार्यालय ?, ओली र रायबीच गोप्य भेटवार्ता

काठमाडौं, २३ साउन हालै प्रधानमन्त्रीबाट पदमुक्त भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र भारतीय राजदूत रञ्जित रायबीच आइतबार गोप्य भेटवार्ता भएको छ ।

एमाले मुख्यालय धुम्बाराहीमा आइतबार ओली र रायबीच भएको भेटवार्तामा नेपालको विकसित राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ ।

ओलीलाई प्रधानमन्त्रीबाट हटाउन भारतको ठूलो भूमिका रहेको भन्ने राजनीतिक वृत्तमा चर्चा चलेको अवस्थामा उनीहरुबीच भएको उक्त भेटवार्तालाई निकै महत्वका साथ हेरिएको छ ।

राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको बताइए पनि करिब एक घण्टा भएको उक्त छलफलमा गरिएका कुराकानी गोप्य राखिएको स्रोतको दाबी छ ।

भारतले आफू नेतृत्वको सरकार विरुद्ध अविश्वासको प्रस्ताव कांग्रेस र नेकपा माओवादीले ल्याएको आरोप लगाएका ओलीलाई प्रधानमन्त्रीबाट हटेपछि राजदूत रायले पहिलो पटक भेटेका हुन् ।

भारतप्रति आक्रमक रुपमा प्रस्तुत हुँदै भारतसँग नझुकेको (ओलीकै भाषामा) दावी गर्दै आएका ओलीले राजदूत रायसँग भेटवार्ता गरेका हुन् ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up