प्रचण्डको ‘प्रेम’बारे ओलीको टिप्पणीः म्वाइँ खाँदा पो थाहा भो …

image
२२ साउन, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डको बानी रहस्यमय र खतरापूर्ण रहेको टिप्पणी गरेका छन् ।

हिरोसिमा नागासाकीमा बम खसाएको स्मृतिमा काठमाडौंमा गरिएको कार्यक्रममा निवर्तमान प्रधानमन्त्री समेत रहेका ओलीले प्रचण्डमाथि जता गयो उतै लब पार्‍यो भन्ने गरेको आरोप लगाए ।

मधेस गयो, मधेससँग त पहाड गयो पहाडसँग लभ परेको भन्ने गरेको भन्दै उनले भने, अस्ती अस्ती मसँग पनि लभ पर्‍यो भन्दै हुनुहुन्थ्यो । हो कि क्या हो भनेँ । केही नबोली च्याप्प म्वाइँ खाँदा पो थाहा भो अगाडिको दात त (हातल दाराको संकेत गर्दै) यस्तो पो रहेछ ।’

उनले पटक-पटक हातले इशारा गरेर दाराको संकेत गरेपछि कार्यक्रममा सहभागीहरुबीच हाँसको फोहोरा नै छुटेको थियो ।

भाषणको अन्त्यमा बर्तमान प्रधानमन्त्री प्रचण्डको नाम उच्चारण नगरी कटाक्ष गरेका ओलीले राजनीतिमा कहिले काहीँ यस्तो हुने बताए ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up