नेपालि पासपोर्टबाट बिदेश उडछन् इन्डियनहरु

काठमाडौं, २१ साउन । मानव तस्करीमा संलग्न समूहले भारतीय नागरिकलाई नेपाली पासपोर्टमा विदेश उडाउन थालेका छन् । नेपालीको विवरण र विदेशीको फोटो राखेर नक्कली पासपोर्ट बनाउने गरिएको हो । नेपाली पासपोर्टमा कतार पुगेकी भारत पश्चिम बंगालकी एक युवती पक्राउ परेपछि यस्तो खुलेको हो । उनले झापाबाट तृष्णा गुरुङको नाममा नेपाली एमआरपी लिएकी हुन् ।
image
दिल्लीबाट श्रीलंका हुँदै कतार पुगेकी उनलाई कतारी अध्यागमनले नेपाल फर्काइदिएको हो । उनको भिसा शंकास्पद भएको भन्दै फर्काइएको हो । कतारबाट फर्काइएकी उनलाई अध्यागमन कार्यालयले नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ । आफू भारतीय भएपछि कतार जान नेपाली पासपोर्ट लिएको उनले बताएकी छन् ।
वैदेशिक रोजगारमा पठाउने व्यक्तिले नै आफूलाई नेपाली पासपोर्ट बनाइदिएको उनले विभागमा दिएको बयानमा उल्लेख छ । जिल्ला प्रशासन कार्यालय झापाबाट मेसिन रिडएबल पासपोर्ट (एमआरपी) लिएकी हुन् । एमआरपी सक्कली भएको र भारतीयले कसरी सजिलै नेपाली पासपोर्ट लिइन् भन्ने सन्दर्भमा छानबिन अघि बढाइएको अध्यागमन विभागका एक अधिकारीले बताए । विभागले जिल्ला प्रशासन कार्यालय झापासँग त्यससम्बन्धी विस्तृत विवरण माग गरेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up