८३ वर्षीय नमबहादुर विक र ८० वर्षीय आइती कट्वाल्नीसंग यतिवेला न रातमा ओतलाग्नेछाप्रो छ , न खानलाई मानो नै छ

दाङ, २१ साउन । रामपुर ३ स्थित बालीम खोलाको डिल माथीको झुप्रोमा मान्छेको भिड देखिन्थ्यो ।

image

दृश्य हेर्दा लाग्थ्यो ,उनको परिवार माथि ठुलै विपत्त आइ लागेको छ । उमेरले डाँडा काटेका नमबहादुर विक र उनकी श्रीमति आइती कट्वाल्नीले घरमा आउँने जो कसैको साथ पाइन्छ कि भन्दै यसरी नै हात फैलाउँदै हिड्छन ।

image

गरिव र अभावको चपेटामा परेको यो परिवार सामाजिक रुपमा समेत तिरस्कृत बन्दै आएका छन् । ५० वर्ष देखि खोलाको डिलमा बस्दै आएको यो दम्पति पछिल्लो समय खान समेत नपाएर भोक भोकै बस्नु पर्ने अवस्था रहेको स्थानिय विरबहादुर विकले वताए ।

image

८३ वर्षीय नमबहादुर विक र ८० वर्षीय आइती कट्वाल्नीसंग यतिवेला न रातमा ओतलाग्नेछाप्रो छ , न खानलाई मानो नै छ दिनरात भोकै भोकै बस्न बाध्य बनेको विरबहादुरको भनाइ छ ।

भत्किएको छाप्रोमा बस्दै आएको दलित दम्पती भगवान कै भरोसामा बाँचिरहेकाछन् । बालीम खोलाको किनारमा बस्दै आएका वृद्ध दलित दम्पती गाई र कुकुरसँगै बस्दै आएका हुन्।

‘सम्पतिको नाममा यही एउटा गाई र दुईवटा कुकुर छन्, नमबहादुरले भने ‘यिनीहरुसँगै बस्दै आएका छौं ।

’ढुङ्गाले अड्याएको बुकुरोका भित्ता भत्किएका छन् । छानाको नाममा च्यातिएको त्रिपाल, प्लास्टिकका टुक्राटाक्री, गाउँलेले फालेका लत्ताकपडा, जुत्ता र झारपातले झुप्रोको छानोको बनाएका छन् ,ती दम्पतीले ।

image

झुप्रोभित्र गाईको गोबर र हिलोले भरिएको छ । त्यही गोबर र हिलैहिलोको छेऊमा बुढाबुढीको सुत्ने ओछ्यान छ । ओछ्यान के भन्नु ? ढुङ्गा मिलाएर बराबर बनाइ थोत्राथोत्री लत्ताकपडाले टालेका थाङ्ना ।

यही बुकुरोभित्र ८३ वर्ष नाघेका यी दलित दम्पत्ति जीवनका अन्तिम दिनहरुगन्दै बाँचिरहेका छन् ।एउटा छोरो भए पनि त्यसको व्यवहार आफूले पालेका पशु जति पनि राम्रो नभएको वृद्ध नमबहादुले बताए ।

छोरो वर्षमा एक दुई पटक घरमा आउने र मागेर ल्याएको चामलसमेत बेचेर रक्सी खाइदिने गरेको उनी बताउँछन् ।

‘छोरो भन्ने रहेन बाबु, मागेर ल्याएकोचामल बेचेर रक्सी खाइदिन्छ, उनले भने ‘छोराको भन्दा बढ्ता माया यही गाई र कुकुरको लाग्छ ।

’प्यूठानबाट २००९ सालमा दाङ झरेर फिरन्ते जीवन बिताउँदै आएका नमबहादुरले आँखा देख्न छाडेपछि श्रीमतीसँगै बालीम खोलाको छेउमा बस्न थालेको बताए।

मैलो शरिर, मयलले कटकटिएका पुराना कपडाले लाज छोपेका नमबहादुरले भने,‘फेर्ने कपडा छैन, सुत्नलाई ओछ्यान छैन,’ ‘अरु त के खानलाई अन्नै छैन ।

’त्रिपाल र गाउँलेले फालेका पुराना कपडा, स्याउलाले छोपेको झुप्रोभित्र पानी पसेरताल पर्ने भएकाले अरुले फालेका लत्ताकपडाको ओछ्यान पनि भिज्ने गरेको उनले दुखासोपोखे ।

‘खानलाई चामल, नून तेल क्यै छैन, मागेर कसैले दिदैन, नमबहादुरले सुनाए । ‘भोकभोकै बस्ने वानी पर्न लाग्यौं अब ।’ पहिले माग्न गएपछि गाउँलेहरुले अलि–अलिसहयोग गरे पनि आजभोलि कसैले केही नदिने गरेको उनको दुखेसो छ ।

गाई, कुकुर र आफूहरु एउटै त्रिपालमुनि बस्दा फोहरै फोहर भए पनि सफा गर्न नसकेकोले उनी बताउँछन् । ‘बुकुरोभित्र फोहरै–फोहर भएको छ , म आँखा देख्दिनँ, उनले भने,‘बुढीले काम गर्नै सक्दिन, कसरी सफा गर्नु ?’ नमबहादुरले भन्छन् ।

ढुङ्गा राखेर बनाएको ती दम्पतीको चुलो कहिलेकाँही मात्र बल्ने गर्छ । ‘कसैले दयागरेर चामल र पीठो ल्याइदिए मात्र खाना पाक्ने गर्छ, नमबहादुरले गहभरि आँसु पार्दै भने , ‘काम गर्न सक्ने अवस्था छैन, माग्न जाँदा छोराछोरी होलान् त भन्दै रित्तो हात फर्काइदिन्छन् ।

image

’ गाउँतिर गएर माग्नुभन्दा वनजंगलतिर गएर गिठा र तरुलल्याई उसिनेर खाने गरेको उनले सु्नाए ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up