स्वदेश फर्किने तयारीमा रहेका पंकज शाहको मलेसियामा एक्कासी बेहोस भएर मृत्यु

image

मलेसिया : रोजगारीका लागि मलेसियामा रहेका झापाको विर्तामोडका पंकज साहको उपचारका क्रममा सोमबार ज्यान गएको छ । पोर्ट केलाङ्गको मेडिप्रो कम्पनीमा कार्यरत उनी आइतबार अचानक वेहोस भई ढलेका थिए ।

बेहोस भएका उनलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको थियो । साथीहरुले अस्पताल पु¥याएका उनको उपचारका क्रममा ज्यान गएको घोषणा चिकित्सकहरुले गरेका थिए ।

२ वर्षअघि रोजगारीका लागि यहाँ आएका उनी केही समयपछि नेपाल फर्कने तयारीमा रहेका उनका साथी इश्वर उपाध्यायले जानकारी दिए । उनको शव हाल केलाङ्ग अस्पतालमा राखिएको छ । आवश्यक प्रक्रिया पु¥याएर शवलाई नेपाल पठाइने उपाध्यायले बताए ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up