भारतसँग भएको अपर कर्णाली सम्झौता खारेजीको माग

नेपाल सरकार भारतीय जिएमआर विच माथिल्लो अर्थात अपर कर्णालीको विषयमा भएको सम्झौता खारेजीको माग गरिएको छ ।
नेपाल किसान पार्टी र ग्रेटर नेपाल कञ्चनपुरले उक्त सम्झौता राष्ट्रियहित विपरित भएकाले उक्त सम्झौता खारेजीको माग गरेको हो । शुक्रबार महेन्द्रनगरमा पत्रकारमा सम्मेलनमा बोल्दै नेपाल किसान पार्टीका अध्यक्ष सिरोमणी ओझाले नेपालको जलस्रोतमाथी विदेशीको कब्जा जमाउने तरिकाले गरिएका सम्झौता आजैदेखि खारेज हुनुपर्नेमा जोडदिए ।
राष्ट्रको हित नहुने सम्पूर्ण सम्झौता खारेज गरेर नयाँ सम्झौता हुनुपर्ने उनको सुझाव छ । ग्रेटर नेपालका क्षेत्रिय महासचिव गौरब जोशीले चार हजार दुइसय मेगावाट क्षमताको माथिल्लो कर्णाली सम्झौताले नेपाललाई घाटा भएको बताए । उनका अनुसार बर्षामा १०८ र सुख्खायाममा ३६ मेगावाट विद्युत नेपालमा दिने सम्झौता र प्राकृतिक कारणबाट कम्पनीलाई क्षति भए नेपालले १५० प्रतिशत क्षतिपूर्ति दिने सम्झौताले नेपाललाई घाटै घाटा हुने बताए ।
यसैविच कर्णाली सम्झौता खारेजीको माग राख्दै ग्रेटर नेपाल र नेपाल किसान पाटीले शनिबार महेन्द्रनगर देखि कर्णाली चिसापानीसम्म मोटरसाईकल ¥याली निकालेर चिसापानीमा कोण सभा गरिने जनाएको छ ।
यस्तै किसान पार्टी र ग्रेटर नेपालले हत्या हिंसा घटनामा निश्पक्ष छानबिनको माग राख्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । प्रहरीले घटनाको सत्य तथ्य छानबिन गर्नुको साटो उल्टो प्रहरीले मोलमोलाई गरेको भन्दै किसान पाटीका अध्यक्ष ओझाले प्रमुख जिल्ला अधिकारी मनोहर प्रशाद खनाल समक्ष दुखेसो पोेखेका थिए ।
ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारीले प्रहरीले लार्पबाही नगरेको दावि गरेका थिए । किसान पाटी र ग्रेटर नेपालले हत्या, हिंसा, दुर्घटना, बलात्कार लगायत समाजिक, प्राकृतिक घटनामा प्रहरीले कमाउने धन्दा बनाएको गम्भिर आरोप लगाएका छन् ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up