राष्ट्रिय ध्वजावाहक जहाज भदौ २ गतेबाट दुवई उड्ने

image
राष्ट्रिय ध्वजावाहक जहाज नेपाल एयरलाइन्सले अब संयुक्त अरव इमिरेट्स (युएई) को उडान भर्ने भएको छ । एयरलाइन्सले भदौ २ गतेबाट युएईको उडान भर्ने जनाएको हो । नेपाल वायुसेवा निगमका अनुसार भदौवाट काठमाडौं–दुबई सिधा उडान हुने छ । एकतर्फी १६ हजार भाडादरमा यो उडान हुनेछ । निगमले काठमाडौं–दुबई उडानमा बार्षिक ४० हजार यात्रु बोक्ने लक्ष्य राखेको छ भने त्यसबाट एक अर्ब रुपैयाँ आम्दानी हुने जनाएको छ । निगमले काठमाडौंबाट आइतबार, मंगलबार र बिहीबार तथा दुबईबाट सोमबार, बुधबार र शुक्रबार उडान भर्ने जनाएको छ । नेपाली कामदार कार्यरत रहेको दुबइर्मा निगमले उडान भर्ने र त्यसले त्यहाँ जाने कामदारलाई समेत सहजता मिल्ने जनाएको छ । अहिले बार्षिक ५० हजारको हाराहारिमा नेपाली रोजगारीका लागि युएई जाने गरेका छन् ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up