भारतको दलालीको लागि बनेको मधेसी मोर्चाले आफ्नो दिन गन्ति शुरु गरोस् (भिडियोसहित)

सञ्जीवकुमार झा मधेसी मोर्चा र मोर्चाका नेतामाथि एक्लै जाइलाग्ने मधेसकै युवा हुन् । मधेसी मोर्चा मधेस र मधेसी जनताको अधिकारको सवाल उठाएर लामो समयदेखि आन्दोलनमा छ । तर झाको मतमा मधेसी मोर्चाको आन्दोलनको कुनै तुक छैन । किनभने– मोर्चामा भएका नेताहरु पटक पटक सरकारमा गएका छन् । विभिन्न मन्त्रालय सम्हालेका छन् । त्यो बेला उनीहरुले मधेसको विकासकालागि सिन्को भाँच्ने काम गरेनन् । अहिले भारतको इशारामा, भारतकै हितका लागि, भारतबाट पसेका अंगीकृतहरुका लागि मोर्चा ज्यान फालेर लागि परेको छ । मधेसी मोर्चा र मधेसबीच कुनै साइनो छैन । हेरौं उहाँसंग गरिएको संवाद:

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up