ओलीसँगको गोप्य कुरा प्रधानमन्त्रीले किन ‘लिक’ गर्नुको रहस्य बल्ल बुझे देउवाले

६,माघ,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कति स्वार्थी छन् भन्ने कुरा पछिल्लो समय खुल्न थालेको छ । राजनीतिक सहमतिका नाममा दाहालले प्रमुख विपक्षी दल एमालेका नेता केपी शर्मा ओलीसँग पटक पटक गोप्य कुराकानी गरे । दाहालले ती गोप्य वार्ताहरूलाई गोप्य राख्न सकेनन् ।

किन उनले ती कुरालाई गोप्य राखेनन् त ? अहिले आएर त्यसको रहस्य खुल्दैछ । नेपाली कांग्रेसले प्रधानमन्त्री दाहाललाई निर्वाचनको मिति घोषणा गरेर चैतभित्र स्थानीय निकायको चुनाव गर्न दबाब दिएपछि एमालेसँग सहमतिको प्रयास गरेको जस्तो देखाएर सबै कुरा भाँड्ने कार्य गरेको खुलासा भएको हो । एमाले उच्च स्रोतका अनुसार प्रधानमन्त्री दाहालसँग स्थानीय निकायको निर्वाचन चैतभित्र गर्ने र प्याकेजमा सहमति खोज्ने सहमति भएका थिए ।

तर, दाहालले प्याकेजमा सहमति खोजेर आफ्नो प्रधानमन्त्री पदलाई धरापमा पार्न नचाहेको खुलेको छ । प्रधानमन्त्री दाहाल चुनाव पनि घोषणा नगर्ने बरु ०७४/७५ सालको नयाँ वजेट ल्याउने तयारीमा छन् । कांग्रेसलाई धोका दिएर दाहालले मंसिर महिनासम्म आफ्नो सत्ता लम्बाउने तयारीमा लागेका छन् । यो कुरा चाल पाएको कांग्रेसले प्रधानमन्त्री दाहाललाई सहमति खोज्न दबाब दिइरहेको छ । चैतको २० गतेसम्म चुप लागेर बस्ने रणनीति बनाएको कांग्रेसले त्यसपछि प्रधानमन्त्री दाहाललाई चर्कै दबाब दिने छ ।

अहिले पनि प्रधानमन्त्री दाहालले सहमति र सहकार्यको राजनीतिमा ध्यान नदिएको अनुभूति गरिरहेको कांग्रेसले धोका भएको ठानिरहेको छ । प्रधानमन्त्री दाहालले एमालेलाई सहमतिमा ल्याउनेभन्दा पनि भड्काउने कार्य गर्दै आएका छन् । एमाले जति भड्कियो त्यति आफूलाई फाइदा हुन्छ भन्ने ठानेका छन् । यो कुरा एमाले, मधेसी मोर्चा र स्वयं कांग्रेसका नेताहरूले पनि बुझेका छन् । स्रोतले भन्यो–‘प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई नै ठूलो घात गर्दै आउनु भएको छ ।

एमालेले कहिल्यै प्रधानमन्त्रीमा दाहाललाई मानेको थिएन । कांग्रेसले साथ दिएको छ । कांग्रेससँग घात भयो भने दाहाल कहिल्यै माथि उठ्न नसक्ने गरेर सक्किने छन् ।’ एमाले पनि अहिलेको कांग्रेस र माओवादीको गठबन्धन जसरी हुन्छ तोड्ने पक्षमा देखिएको छ । तर, एमालेले सोचे जस्तो त्यति सजिलो भने छैन । माओवादी र कांग्रेसको प्रतिस्पर्धी एमाले हो । आगामी चुनावमा माओवादी र कांग्रेस मिलेर जाँदा नै राजनीतिक फाइदा पुग्छ । एमालेले आफ्नो दबदबा बनाइरहेका बेला प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले बुझेर कदम चाल्नु पर्ने कांग्रेसका एक नेता बताउँछन् । यूनाइटेड पोष्ट साप्ताहिकमा खबर छ ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up