पुनर्निर्माण कार्यमा सेनाले साथ दिने


६,माघ,काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपछिको पुनर्निर्माणमा सघाउन नेपाली सेना र सशस्त्र प्रहरीलाई परिचालन गर्ने योजना बनाएको छ। सेना र सशस्त्रको सहयोग लिए पुनर्निर्माणले गति लिने निष्कर्षसहित प्राधिकरणले सम्बन्धित निकायसँग छलफल थालेको छ।

आजको नागरिक दैनिकमा खबर छ– प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्द पोखरेलले सेना र सशस्त्रलाई पुनर्निर्माणको काममा सघाउन विस्तृत योजना बनाउन सुरु भएको जानकारी दिए।‘उहाँहरुको साथ लिएर अगाडि बढ्दा पुनर्निर्माण निकै छिटो अगाडि बढ्छ,’ उनले भने, ‘त्यही भएर उहाँहरुसँग अनौपचारिक छलफल भइसकेको छ । केही निदमा औपचारिक निर्णयमा पुग्छौं ।’

पोखरलेका अनुसार पुनर्निर्माणका लागि गाउँमा दक्ष कामदारको अभाव हुँदा पीडितले घर निर्माण गर्न सकेका छैनन् । यो समस्या समाधान गर्न सेना र सशस्त्रले गाउँमा गएर पुनर्निर्माणसम्बन्धी तालिम दिने तथा अन्य आवश्यक सहयोग गर्नेछन् । सेना तथा सशस्त्रले उपलब्ध गराउने जनशक्तिका आधारमा प्राधिकरणले गाउँमा अरु जनशक्ति परिचालन गर्नेछ ।
पोखरेलले सेना तथा सशस्त्रसँग जनशक्ति, पूर्वाधार, उपकरण लगायतको सहयोग उपलब्ध गराउन औपचारिक आग्रह गर्ने तयारी भएको बताए ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up