हत्या आरोपमा घटनामा संलग्न नै नभएका निर्दोष ‘सीपाही’ छ बर्षदेखि जेलमा

हत्या आरोपमा घटनामा संलग्न नै नभएका नेपाली सेनाका सिपाही ६ बर्षदेखि धुलिखेल कारागारमा कैद जिवन बिताइरहेका छन् ।
हत्यामा संल्लग्न नभएको यथेष्ठ प्रमाणहरु हुदाहुदै अनुसन्धानमा संलग्न भएको देखाई सोही आधारमा जिल्ला अदालतले उनलाई कैद सजाय सुनाएको खबर आजको नेपाल समाचारपत्रमा छ ।

२०६८ साल माघ ३ गते बनेपा नगरपालिका वडा नम्बर ५ मा सिन्धुली जोरटार गाविस ७ का नेत्रबहादुर पुलामीको हत्या आरोपमा काभ्रेपलान्चोक जिल्ला डाँडागाउँ गाविस वडा नम्बर ८ की १९ बर्षीया फूलकुमारी लामा र कैलाली जिल्ला प्रतापपुर गाविस ४ का २७ बर्षीय निर्मल भन्ने धीरेन्द्र मल्ललाई कारागारमा राखिएको हो ।२०६१ भदौ २० देखि नेपाली सेनामा कार्यरत मल्लको उक्त घटनामा संलग्न नभएको तथ्य र प्रमाणहरुले देखाएको छ ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up