संविधान संशोधन विद्येयक पारित हुँदैन् : डा. प्रकाशचन्द्र लोहनी


काठमाडौं, ५ माघ। सत्तारुढ दल राप्रपाका शीर्ष नेता डा. प्रकाशचन्द्र लोहनीले आउने महाधिवेशनमा अध्यक्षको उम्मेद्धवारी दिने दाबी गरेका छन्।

बुधबार पत्रकार ऋषि धमलासँगको कुराकानीमा नेता डा. लोहनीले भने,‘अबको महाधिवेशनमा म अध्यक्षको पदमा उम्मेद्धवारी दिन्छु, तर त्यो भन्दा पहिले साथीभाईहरुसँग सल्लाह गर्छु।’ संसद्मा चौथो शक्तिका रूपमा रहेको राष्ट्रिय प्रजतन्त्र पार्टीको एकता महाधिवेशनमा अध्यक्षका लागि तीन नेताले आन्तरिक तयारी तीव्र बनाएका छन् । औपचारिक घोषणा नगरे पनि उनीहरूले आ–आफ्ना पक्षमा नेता तथा कार्यकर्ताको समर्थन जुटाउन थालेका छन् ।

यसरी आगामी महाधिवेशनका लागि अध्यक्षको आन्तरिक तयारी गर्नेमा वर्तमान अध्यक्ष कमल थापा, राष्ट्रिय अध्यक्ष पशुपतिशमशेर राणा र नेता लोहनी छन् ।

पार्टीको एकता महाधिवेशन आगामी फागुन ६ देखि ९ सम्म हुँदैछ । महाधिवेशन आउनु एक महिना अघि देखि नै अध्यक्षको पदको लागि चर्चा तथा परिचर्चाहरु अहिले देखि नै सुरु भैरहेको छ।

नेता लोहनीले यही माघ ११ गतेबाट आफू पार्टीको राष्ट्रिय अध्यक्ष हुने सहमति भएको समेत खुलासा गरे त्यस्तै उनले पछिल्लो समय पार्टीका केन्द्रिय अध्यक्ष कमल थापा उपप्रधानमन्त्रीसहित सरकारमा जाने हल्ला चलेपनि यसबारेमा अहिले कुनै छलफल नभएको जानकारी दिए। उनले भने,‘सरकारमा जाने बारेमा पनि अहिले पार्टीभित्र कुनै छलफल भएको छैन।’

उनले आफ्नो पार्टी सरकारमा सहभागी भएपनि महत्वपूर्ण निर्णयमा पार्टीसँग कुनै छलफल नगरेको गुनासो पोखे। त्यस्तै उनले सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विद्येयकपनि कुनै हालतमा पारित नहुने दाबी गरे। उनले विद्येयक नै राष्ट्रिय हित विपरित रहेको जिकिर गरे।
-रिपोर्टसनेपाल

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up