एमाले कार्यकर्तालाई माओवादी कार्यकर्ताको फोटो काउण्टर Nayabato.com

काठमाडौं, ५ माघ । दशौं विश्व उर्जा सम्मेलनमा भाग लिन पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालको खुट्टा लडबडिएको जस्तो देखिने फोटो सामाजिक संजालमा राखेर खिल्ली उडाईरहेका एमाले कार्यकर्तालाई माओवादी कार्यकर्ताले पनि एमाले अध्यक्ष केपी शर्मा ओलीको उस्तै प्रकृतिको फोटो सामाजिक संजालमा राखेर काउण्टर गरेका छन् ।

दुबईमा प्रचण्ड एक कार्यक्रममा फोटो खिचाउन हिडिँरहेको भिडियोबाट पज गरेर खुट्टा बागिंको फोटो स्क्रिन सर्टबाट निकाली ‘झ्याप प्रचण्ड’ भन्दै शेयेर गरेका केही उछिृंखल सामाजिक संजाल प्रयोगकर्ता र एमालेको समर्थनमा रहेका एमाले कार्यकर्तालाई ओलीको उस्तै प्रकृतिको फोटो पज गरेर बनाई काउण्टर गरेका हुन् ।

तर माओवादी कार्यकर्ताले एमाले अध्यक्ष ओलीको फोटो राख्दै भनेका छन्–हामीपनि यसरी फोटो बनाउन सक्छौं, के बनाएर शेयर गरौं ? यता एमाले कार्यकर्ताले भने प्रचण्डले जाँड खाएर खुट्टा लडबडाएको भन्दै लेखेका छन् ।

पछिल्लो समय माओवादी समर्थक र एमाले समर्थक नेता कार्यकर्ताको सामाजिक संजाल भिडन्त जारी छ र कतिपय अवस्थामा यो बढी नै समेत हुने गरेको छ । तर माओवादी कार्यकर्ता आफैले यस्तो गर्नुभन्दा पनि एमाले कार्यकर्ताको प्रतिवाद र काउण्टर मात्रै गर्ने गरेको भेटिएको छ ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up