जब देउवा र महरा भारतीय खुफिया ‘रअ ’का मान्छे भेट्न दिल्ली पसे


५,माघ,काठमाडौं । ओली सरकार रहँदा रहँदै कृष्णबहादुर महरा र शेरबहादुर देउवा दिल्ली गएको प्रसंग हो यो । त्यही बेला प्रधानमन्त्रीले माओवादी अध्यक्ष प्रचण्डलाई भने, ‘तपाइँ यता मलाई ठिक्क पार्ने, उता गोप्यरुपमा ‘र’का मान्छे भेट्न आफ्ना प्रतिनिधि दिल्ली पठाउने ? सरकार ढाल्नु नै छ त हाक्काहाक्की भने भैगोनि । किन यस्तो छुपारुस्तम चाल ?’ प्रचण्ड चाहिँ टक्टकिएर ‘हामी दीर्घकालीन सहमतिमा जाने हो । लौ,मलाई समय चाहियो’ भन्दै पन्छिए ।

सोहीबमोजीम दुईजनाबीच गोकर्णमा ५ घण्टासम्म गोप्य वार्ता चल्यो । ‘भविष्यको प्लान’ बनाउने नाममा प्रचण्ड १ बजे नै ओलाीलाई कुरेर बसेका थिए । ओलीचाहिँ सत्ता गठबन्धनको बैठक सकेर १ बजे बल्लतल्ल निर्धारित स्थानमा पुगेका थिए । त्यही भेटको क्रममा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिजाललाई छेउमा तानेर महराले भनेछन, ‘अलिकति गलत रिपोर्टिङ भए जस्तो लाग्यो ।’

रिजालको जवाफ थियो, ‘तपाई गृहमन्त्री र उपप्रधानमन्त्री समेत भएको मान्छे राज्य कसरी चल्छ,सूचना कसरी पाइन्छ । थाहै होला नि ।’ महराले स्पष्टिकरण दिए, ‘जुन बेला हाम्रो सिएमलाई पिएमले त्यसो भन्नुभयो, त्यसबेला ‘र’ चिफसँऊ मेरो अपोइन्टमेन्ट मिली सकेकै थिएन ।’ अर्थात् सूचना त सत्य हो तर समयचाहिँ अलि तलमाथि पर्औयो भन्ने कुराको स्वीकारोक्ति थियो, त्यो । स्मरणीय छ, मिश्रित प्रणालीमा जुन पार्टीद्ये बहुमत सिट जिते पनि एक्लै सरकार चलाउने सम्भावना हुन्न र यस्तोमा सहमतीय वा गठबन्धन सरकारको विकल्प नै छैन । जनआस्था साप्ताहिकमा खबर छ ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up