प्रधानमन्त्रिको गुनासो: मेरो भ्रमणलाई लिएर नकारात्मक रुपमा प्रचार गरि फैलाइयो (भिडियो)

काठमाडौं, ४ माघ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो चार दिने युएई भ्रमणलाई लिएर गलत प्रचार गरिएको गुनासो पोखेका छन्।

त्रिभुवन विमानस्थल ओर्ले लगत्तै सञ्चारकर्मीहरुसँगको कुराकानीमा प्रधानमन्त्री दाहालले यस्तो गुनासो पोखेका हुन्। उनले भने,‘यहाँ मेरो भ्रमणलाई लिएर नकारात्मक रुपमा प्रचार गरियो। भारतको गोवामा जाँदा

आवुदावीमा आयोजित दशौं विश्व भविष्य उर्जा सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री दाहाल आज स्वदेश फर्किएका हुन्। उनले आफू भारतको गोवामा भएको व्रिक्स सम्मेलनमा जाँदापनि यस्तै खाले नकारात्मक टिप्पणीहरु भएको स्रमण गर्दै भने,‘गोवामा जाँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चीनीयाँ राष्ट्रपति सि जिनपिङ्सँगको भेटलाई लिएर यस्तै नकारात्मक कुराहरु बाहिर आएका थिए।’

उनले अवुदावीमा भएको उक्त उर्जा सम्मेलनमा नेपालको तर्फबाट आफ्नो पहिलो पटक भ्रमण भएको बताउँदै भने,‘यो भ्रमण नेपालको तर्फबाट पहिलो पटक मैले गरेको हुँ भन्नुभयो। भिडियो:

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up