१८ वर्षभन्दा कम उमेरकाले कुनैपनि समय मदिरा र सूर्तीजन्य पदार्थ किन्न नपाउने

राति ८ बजेपछि मदिरा र चुरोट बिक्रीमा प्रतिबन्ध लगाउने तयारी सरकारले गरेको छ । त्यस्तै १८ वर्षभन्दा कम उमेर भएकाहरुले कुनैपनि समय मदिरा र सूर्तीजन्य पदार्थ किन्न नपाउने नियम ल्याउने तयारी अर्थ मन्त्रालयले थालेको छ । यस्तो नियम आगामी बैशाख १ गतेबाट लागु हुने भएको छ ।

उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले सामाजिक सुधारका लागि मदिरा र सूर्तीजन्य पदार्थको बिक्रीमा कडाई गर्न लाग्नु भएको हो । अर्थले यस सम्बन्धी कार्यविधि तयार गरिरहेको उप्रप्रधानमन्त्रीका प्रेस संयोजक त्रिभुवन पौडेलले जानकारी दिनुभयो ।कान्तिपुर रेडियो बाट

 

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up