‘भारतीय विस्तारवाद मुर्दाबाद’ भन्दै भारतीय राजदूतलाई कालो झण्डा देखाएपछि…

कञ्चनपुरमा जनमोर्चाका तीन कार्यकर्ता पक्राउ


महेन्द्रनगर, ४ माघ । राष्ट्रिय जनमोर्चाका कार्यकर्ताहरुले भारतीय राजदूत रञ्जित रेलाई कञ्चनपुरमा कालो झण्डा देखाइएको छ ।

भारतीय राजदूतावासको आर्थिक सहयोग मंगलबार कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ कटानको महेन्द्रनगर उमाविको नव निर्मित भवनको उद्घाटन कार्यक्रममा आएका राजदूत रेलाई जनमोर्चा कञ्चनपुरका कार्यकर्ताहरुले कालोझण्डा देखाएका हुन् ।

राजदूत कार्यक्रम स्थलतिर गईरहेको अवस्थामा भीडबाट जनमोर्चाका कार्यकर्ताहरुले भारतीय विस्तारवाद मुर्दाबाद भन्दै कालोभण्डा देखाएका थिए । कालोझण्डा देखाउन थालेपछि प्रहरीले जनमोर्चाका कार्यकर्तालाई नियन्त्रणमा लिए । कालोझण्डा देखाउने राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य एवं जिल्ला इञ्चार्ज लोकेन्द्र लम्साल, अखिल छैटौँका केन्द्रीय सचिव तथा सेती महाकाली इन्चार्ज महेश दत्त जोशी र अखिल छैटौँ कञ्चनपुरका अध्यक्ष भीमराज जोशीलाई प्रहरीले कार्यक्रम् स्थलबाट पक्राउ गरि जिल्ला प्रहरी कार्यालय पुर्याएका थिए ।

प्रहरीको गाडीबाटसमेत उनीहरुले भारतीय बिस्तारवाद भन्दै चर्को चर्को स्वरले कराएका थिए ।

जनमोर्चा कञ्चनपुरका सचिव राम बहादुर कार्कीले प्रहरीले पक्राउ गरेपछि आफ्ना कार्यकर्ताहरुले कुटपिट, अभद्र व्यवहारका साथै अध्यक्ष लम्सालको कपडा च्यादिदिएको आरोप लगाएका छन् । भने कञ्चनपुर प्रहरीले नेताहरुमाथी अभद्र व्यवहार नगरेको दावी गर्दै भीडभाडमा कपडा च्यातिएको हुनसक्ने बताएको छ । तीन जनालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । भने जनमोर्चा कञ्चनपुरले भने निशत्र्त रिहा गर्न माग गरेको छ । – दैनिकनेपालबाट

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up