अरु सपना देख्छन् सपनै बाँड्छन् ! प्रचण्ड यथार्थ देख्छन् यथार्थै बाँड्छन् !

 -हरिगोपाल कर्मआचार्य

प्रधानमन्त्री प्रचण्डकाे निर्देशानुसार हिजाे उद्घाटन भई अाजबाट सेवा सञ्चालनमा अाएकाे यातायात व्यवस्था कार्यालय, सवारीचालक अनुमतीपत्र बागमती अन्तरगत भक्तपुर जगातेबाट लाईसेन्स नवीकरणकाे सेवा लिने अवसर मिल्याे !

अनलाईन प्रणालीबाट प्रदान गरिने याे सेवा लिन उपस्थित सेवाग्राहीहरु साह्रै खुशी देखिन्थे ललितपुर एकान्तकुनामा पटक पटक गएर पनि लाईसेन्स नवीकरण गराउन नसकेर समय गुजार्न र ट्राफिकलाई जरिवाना तिर्न विवश सेवाग्राही कुनै दलाली र फाेकटे खर्चबिनानै कार्यालयमै अनलाईन फाराम भराई, फाेटाे खिचाई विवरण दिई राजश्व बुझाउने लगायतका सबै काम सहजताकासाथ सम्पन भएकाेमा दंग देखिन्थे !

तपाईं पनि याे सेवा लिन जाँदै हुनुहुन्छ यदि भने निम्न कागजात र दस्तुर लिएर जानुहाेला !


१. साविककाे लाईसेन्स र साे काे फाेटाेकपी २. रू १० काे हुलाक टिकट ३. नागरिकताकाे प्र प वा साे काे कपी (यदि विवरण फरक छ भने ) ५. नवीकरणकाे म्याद नाघेकाे ९० दिनभित्र भए राजश्व रु १५०० साे अवधि नाघेकाे भए प्रत्येक सालका लागि जरिवाना थप १५०० ६. स्वास्थ्य परिक्षण शुल्क रु ४०. अनि खाजा खर्च ईच्छा अनुसार हे हे हे हे । जे हाेस अरु सपना देख्छन सपनै बाँड्छन् ! प्रचण्ड यथार्थ देख्छन् यथार्थै बाँड्छन् !

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up