नेता मिल्छन मधेसी-पहाडी बिहे गर्छन तर हामी जनता लडेर बस्छौं, संघियता खारेज गर !

-महेश नेपाल 

महेश नेपाल

चित्रबहादुर काकाले भन्थे नेपालमा संघियता काम छैन भनेर । हो रहेछ काका देश खानै लाग्यो संघियताले । तपाईंको दुरदर्शितालाई सारा नेपालीले सलाम गरिरहेका छन । हामी तराई-पहाड भन्दै लडिरहेका बेला, जात जातमा बैमनस्यता बढाईरहेका बेला पुर्व राष्ट्रपती रामबरण यादबको नाति अभिषेक र राष्ट्रपती बिद्यादेबी भण्डारीकि छोरी निशा कुसुमले आपसमा बिवाह गरेर एउटा गतिलो उदाहरण पेश गरेका छन । उनिहरुले जातिय र क्षेत्रीय राजनिती गर्ने सुँगुर प्रबृत्ती भएका नेता भनाउँदा हरुलाई गतिलो झापड दिएका छन । अब यस्ता बिवाहले निरन्तरता पाउनु आवश्यक छ । हामी नेपाली-नेपाली बिचको बैमनश्यता हटाउनको लागि र देश भारतिय बिस्तारबादीको पञ्जामा पर्न नदिनको लागी तराई-पहाड र हिमालमा बसोबास गर्ने हरेक जातजातिका दाजुभाई तथा दिदिबहिनिहरु एकजुट हुनु आजको आवश्यकता बनेको छ ।

आफ्नो राजनितिक अभिष्ट पूरा गर्नको लागि माओबादीद्वारा गलत उदेश्य सहित उठाईएका बिषय हुन जातिय राज्य, संविधान संशोधन, संघियता र धार्मिक निरिपेक्षता । जुन बिषयले तीन करोड नेपालीलाई रुवाउने, पिडित बनाउने बाहेक केही काम गर्न सकेन । किनकि यो बिषयको उठान नै गलत आशयका साथ गरिएको थियो । माओबादीको उदय हुनु पुर्वनै देशमा जहानिया राणा शासन र राजाको प्रत्यक्ष शासन लागू हुने निर्दलिय पञ्चायत हटी सकेको थियो । त्यसपछी राजा राष्ट्रीय एकताको प्रतीक रहने र जन प्रतिनिधिहरु जनताको प्रतक्ष्य भोटद्वारा चुनिई उनिहरु द्वारानै शासन ब्यवस्था चल्थ्यो यो कुरा सर्व बिदितै छ । २००७ सालमा प्रजातन्त्र आएपछी मुलुकले बिकाशमा तिब्र गति प्राप्त गर्नु पर्थ्यो तर काँग्रेस र कम्युनिष्टले उल्टो आफू मोटाउने योजना पूरा गर्ने बाहेक केही गर्न सकेनन । माओबादीले यसैको फाईदा उठायो र नारा नै ल्यायो खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने संसदिय ब्यवस्था मान्दैनौं । तर अन्तत माओबादी आफैँ यो कुकुरको मासु बेच्ने ब्यवस्थाको नाईके छ र शासन चलाईरहेको छ ।
माओबादी उदय हुने बेलामा उसले उठाएको प्रमुख माग हो संबिधान सभा । उसको यो माग पूरा गर्नको लागि कति निर्दोश जनताले रगतको खोलो बगाए, आफन्त गुमाए र आँशुमा पुडी खेल्न पर्‍यो र देशको अरबौं ढुकुटी रित्तियो सर्व बिदितै छ ।

म लगायत लाखौँ नेपालीको प्रश्न छ संविधान सभाका नाममा अरबौँ रित्याएर देश बिकाशमा अर्को २० बर्ष पछाडी पर्ने बाहेक के उपलब्धी भयो ? बिकाश गर्न सजिलो हुन्छ भन्ने बहानामा संघियतामा जान खोज्दा देश कुन अवस्थामा छ र बिस्तारबादी भारतले कसरी आफ्नो कब्जामा लिएको छ भन्ने कुरा मैले प्रमाणित गरिरहनु नपर्ला जुनकुरा घाम जस्तै छर्लङ्ग छ । देशमा हरेक धर्मका मान्छेहरु मिलेर बसेका थिए, धार्मिक सहिष्णुता थियो तर आज गाईखाने, गाईको मुत खाने भन्दै एकले अर्कोलाई होच्याउने, राष्ट्रीय जनावर खुलम खुल्ला काट्न पाईने, कृस्चियन धर्ममा नेपालीहरु खसी बाख्रा जसरी खरिद बिक्री हुने अवस्था कस्ले बनायो ?
सबै ठाउँमा एकै रुपले बिकाश गर्न सहज होस भनेर हिमाल, पहाड र तराईलाई समान रुपले मिसाएर पाँच बिकाश क्षेत्रमा कति दुरदर्शी तरिकाले छुट्याईएको थियो । तर कहिले १४ प्रदेश, कहिले १० प्रदेश, कहिले ७ प्रदेश त कहिले ५ प्रदेश, अनि कहिले ५ बिकास क्षेत्रलाई नै प्रदेश बनाउन पर्छ भन्ने बहसले कति बर्ष देखि देश अनिर्णयको बन्दी बनेको छ सारा नेपालीले बुझेका छन । बिकाश गर्न संघ हैन मन चाहिन्छ । यिनिहरु संग आफू अपराध बाट कसरी उम्कने भन्ने जुक्ती र राजनिति गर्ने बहाना बाहेक केही छैन ।

जहाँ १२५ जात एउटा फुलबारीमा फुल फुलेजस्तो ढकमक्क फुलेर बसेका छन त्यहाँ जातको कुरा उचालेर एकले अर्कालाई तँ ठूलो र म सानो, तँ जनताजी, तँ आदिबासी, तँ शरनार्थी र तँ मुलबासी भन्ने तुच्छ बहसको सृजना गरेर देश डुबाउने खेलको सुरुवात कस्ले गर्‍यो ? यो जिम्मा माओबादीले लिनुपर्छकि पर्दैन ? जम्मा दुईवटा जातिय राज्यमा बाँडीएको नाईजेरिया आज सम्म आईपुग्दा २२-२५ जातिय राज्य भैसक्यो तर पनि लडाई रोकिएको छैन । अझै त्यहा थप जातिय राज्य मागीँदै छ र लडाईँ भैरहेको छ जसले गर्दा जनताहरु भोकभोकै मरेर सकिंदैछन । अहिले लगभग देशको अस्तित्व नै समाप्त भैसकेकोछ । हो यहि अवस्था आउने छ नेपालको पनि हेर्दै जानुस । यहाँ नेताले आफ्नु स्वार्थ पुर्तिका लागि जनता गोटि बनाएर चलाई रहेका छन । खुलम खुल्ला तस्करी गर्न पाईने, देश टुक्राउँछु भन्न पाईने, धर्म बेच्न पाईने यहि हो परिवर्तन छि ! परिवर्तन हुँदा त जनता खुसी हुनुपर्ने हैन ? आज लाखौँ जनता देश रहने कि नरहने चिन्तामा डुब्नुपर्ने, परदेशबाट देशको मायाँमा रुनुपर्ने अवस्थाको बीउ कस्ले रोप्यो माओबादीले हैन ?

एकताको प्रतीक राजाको ठाउँमा राजा थिए, बिश्वकै उत्कृष्ट संविधान थियो, बिश्वकै एकमात्र हिन्दु राज्य थियो, धार्मिक सहिष्णुता थियो । बिकासको सहजताको लागि पाँच बिकाश क्षेत्र, अञ्चल,जिल्ला, नगरपालिका र गाबिस थिए । अनि के गर्न चाहिएको तामाङ्को छुट्टै राज्य, नेवारको छुट्टै राज्य, लिम्बुको छुट्टै राज्य, तराई छुट्टै, पहाड छुट्टै र हिमाल छुट्टै राज्य ? राजनितिक अभिष्ट पूरा गर्न र देश बेच्न बाहेक अरु तर्क के छ भन्नुहोस महासय हामि पनी सुन्छौ । बिश्वमा १९२ राष्ट्र छन र २८ वटा देशहरु संघियतामा गएका छन । ती मध्ये केहि यूरोपियन देशले प्रगती गरेपनी अधिकाँस देशमा संघियताले रुवाएको छ । यी कुराबाट केही सिकौँ: नेपाल जस्तै बहुजातीय समुदायहरु रहेको सुडान, इथियोपिया,नाइजेरिया जस्ता मुलुकहरुमा संघिय व्यवस्थाकै कारण मुलुक कति पछि परेको छ, गरिबी,भोकमारी र मानव हत्याको शृङ्खला कति भयाबहा छ अध्ययन गरे आँसु थामिन्न । संघियताको नामै नसुनेका बिश्वका कैयौ मुलुकको बिकाश यति लोभ लाग्दो छ जहाँ लाखौँ नेपाली श्रम नेच्न जान्छौँ । अरबको कुनै पनि राष्ट्रमा संघियता छैन तर त्यहाँको बिकाशले विश्व चकित छ । उनीहरुको प्रति व्यक्ति आय अमेरिकीहरुको भन्दा बढीछ । विश्वकै सबै भन्दा बढी प्रतिव्यक्ति आय भएको देश कतारमा सिया र सुन्नी समुदाय कति मिलेर बसेका छन तर संघियता छैन । विश्व हल्लाउने बेलायतमा राजन्तन्त्र छ संघियतानै छैन तर उ कति धनी छ । हाम्रै छिमेकी चीन बिश्वकै शक्तिशाली मुलुक हो जहाँ संघियता भन्ने के हो थाहानै छैन । नेपालीको रोजगारीको पछिल्लो गन्तव्य बनेको जापान जहाँ संघियताको नामो निसाना छैन । अनि हामिलाई किन चाहिएको ? सारा नेपालीले बेलैमा बुझ्नु आवश्यक छ नेपालमा संघियता आवश्यक छैन ।

माओबादीले उठाएका हरेक बिषय फ्लप हुँदै गएका छन । जातका कुरा उठायो अघिल्लो चुनाबमा सिला खोज्नु पर्ने भयो, अहिले संबिधान संसोधन मार्फत देश बेच्ने षडयन्त्रमा लागेको छ । अब आउने चुनावमा त झन खरानी बन्ने निश्चित भैसक्यो । २० औँ हजार निर्दोष नेपालिको रगतले भत्भती पोल्दो हो त्यसैले डाहा मार्न कहिले संघियता, कहिले धर्म निरिपेक्षता, कहिले जातिय राज्य अनेक बहाना गर्दैछ माओबादी । तर यसको बिनाश निस्चित छ । आफू अपराध बाट वच्न मालिकको नुनको सोझो गर्ने कारिन्दाले मालिक रिझाउँछ, जनता रिझाउन सक्दैन । राजनितिमा जसले जनता रिझाउँछ उहीँ महान हुने हो, उसैले जित्ने हो । मालिक रिझाउँदा मालिकले जित्छ जनताले हार्छन । त्यसैले जनता जागौँ । जय देश !!!

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up