झापा र इलामको सीमावर्ती क्षेत्रमा भूकम्पको दरार भेटियो

झापा । झापाको दमक–५ र इलामको चुलाचुलीको चुरे फेदीमा भूकम्पको दरार फेला परेको छ । नेपाल, अमेरीका र जापानका भूकम्पविद्हरुको अध्ययन टोलीले लामो समय अघिको भूकम्पको ऐतिहासिक दरार झापा र इलामको सीमामा फेला पारेको हो ।

झापा र इलामको सिमावर्ती क्षेत्र चुलाचुलिस्थित चुरे फेदीमा भूकम्पको ऐतिहासिक दरार फेला परेपछि अमेरिकाको नेभादा विश्वविद्यालयका प्रध्यापक डाक्टर स्टीभ वेस्नोस्की, त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक तथा भूकम्पविद् डाक्टर दिपक चम्लागाई र जापानको हिरोसिमा विश्वविद्यालयका प्राध्यपक यासुहिरो कुमाहाराको अध्ययन टोलीले अनुसन्धान प्रारम्भ गरेको छ । दरार क्षेत्रमा करिब ५ मिटर जमिन फाटेको छ ।

दरार ऐतिहासिक कालमा गएको भूकम्पको कारणले गर्दा भएको अनुसन्धानकर्ताहरुले प्रारम्भिक अनुमान गरेका छन् । भू–उपग्रहका तस्विरहरुको अध्ययन गरि त्यस स्थानमा अनुसन्धान शुरु गरिएको अध्ययन टोलीले जनाएको छ । गत पाँच दिनबाट उत्खनन् शूरु गरिएको चुरेको फेदीमा खनिएको खाडलबाट कोईला र माटो संकलन गरिरहेको भुकम्पविद डा. दिपक चम्लगाईले बताए ।

करिब १५ वर्षदेखि चुरे पहाडमा यस्तै अध्ययनमा सक्रिय अमेरिकाको नेभादा विश्वविद्यालयका प्राध्यापक डाक्टर स्टीभ वेस्नोस्कीले २०७२ साल वैशाख १२ मा गएको भूकम्पले त्यस स्थानमा दरार उत्पन्न गराएर साढे ३ मिटर जमिन सरेको बताए ।

नेपालमा भुकम्पको अवशेष यस अघि सर्लाहीमा भेटिएको थियो । भूकम्पको अवशेष पूर्वमा भेटिएको यो पहिलो पटक हो । news 24 bata savar

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up