बिबाहस्थलमै पुर्व प्रधानसेनापति कटुवाल र राजेन्द्र महतो बीच चर्काचर्की: “तपाई नेपाली नेता बन्ने कोशिस गर्नुस”-कटुवाल, “नेपाली हुन्छु भनेको तर दिएनन”-महतो

०३ माघ, काठमाडौं- राष्ट्रपति निवासमा मा आज घुइचो लागेको छ -पूर्वराजा ज्ञानेन्द्र देखि सम्पूर्ण राजनीतिक दल सम्मको । तर यो जमघट कुनै राजनीतिक घुइचो नभई राष्ट्रपति बिध्यादेबी भण्डारी कि छोरी को शुभ-बिबाहमा भएको निम्तालु हरुको हो । राष्ट्रपति भण्डारीको निम्तोमा सबैखाले राजनीतिक विचार, पेशा, समुदाय र पृष्ठभूमिका पाहुना उपस्थित थिए ।
यसका बाबजुद पनि बिबाहस्थलमा केहि राजनीतिक छेडखानी पनि चलेको छ ।

विवाहमा पुगेका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र पूर्व प्रधानसेनापति रुकमाङगद कटवालबीचको संवाद बडो रोचक बनेको थियो । आपसमा गफिइरहेका बेला कटवालले महतोलाई भने– तपाईं नेपाली नेता हुने कोसिस गर्नुस् । महतो पनि भन्दै थिए– नेपाली हुन्छु भनेको हो तर, दिएनन् । फेरि कटवालले सोधे– ‘तपाईंलाई पटक पटक सांसद हुन भोट त नेपालीले नै दिएका होइनन् ? मन्त्री पनि बनाए । तर, तपाईंले नेपालको एजेण्डा बोकेर हिंड्न सक्नु भएन ।’

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up