घरमा ठोक्किएर विमान दुर्घटना, ३२ जनाको मृत्यु (फोटोफिचर)


माघ ३ – किर्गिस्तानमा विमान दुर्घटना हुँदा कम्तिमा ३२ जनाको ज्यान गएको छ । हङकङबाट उडेको टर्किस एयरलाइन्सको कार्गो विमान बोइङ ७४७ किर्गिस्तानको मानस विमानस्थल नजिक दुर्घटना भएको समाचार संस्था रोटर्सले जनाएको छ । विमान घरमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा धेरै घरमा क्षति भएको छ । ज्यान जानेमा धेरै बालबालिका छन् । दुर्घटनाग्रस्त विमानबाट एक पाइलट र १५ जना यात्रुको शव निकालिएको किर्गिस्तानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्थानबुलका लागि उडेको विमान मानस विमानस्थलमा ट्रान्जिटका रुपमा अवतरण गर्न लागेको थियो । घना बसोबास भएको ठाउँमा विमान दुर्घटना भएको हो ।
बाक्लो हुस्सुका कारण भिजिविलिटी कम थियो । तर दुर्घटनाको कारण भने पत्तालागेको छैन । दुर्घटनापछि मानस विमानस्थल बन्द गरिएको छ ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up