भारतभर मोदिको घोर विरोध, कारण यस्तो छ


काठमाडौं,२ माघ –भारतमा अहिले गान्धीको फोटो हटाएर मोदीको फोटो क्यालेण्डरमा राखेको बिषयले निक्कै ठूलो बिवाद निम्त्याएको छ ।

सरकारी निकाय खादी तथा ग्रामिण उद्योग आयोगका कर्मचारीहरुले उसको आधिकारिक क्यालेन्डरमा भारतीय स्वतन्त्रता आन्दोलनका नेता महात्मा गान्धिको तस्बिरलाई हटाएर प्रधानमन्त्री नरेन्द्र मोदीको  तस्बिर छापेको तीब्र विरोध गरेको बीबीसीले जनाएको छ ।

बीबीसीले भनेको छ –घटना जे कारण भएपनि त्यसै विभागका कर्मचारीले सो क्यालेण्डरमा मोदीको फोटो राख्ने निर्णयबाट आफूहरुले पीडा महसुस गरेको बताएका छन् । माहात्मा गान्धिले नै स्थापना गरेको सो खादी तथा ग्रामिण उद्योग आयोगले स्थापना कालदेखि नै ग्रामिण स्तरको उद्योगधन्दालाई सहयोग गर्ने काम गर्दै आएको छ । सो उद्योगले खादी अथवा हातले बुनेको कटन उत्पादन गर्छ ।

खादी अथवा हातले बुनेको कटनलाई भारतमा ब्रिटिश शासनको पाला देखिनैआत्मनिर्भरताको प्रतिक चिन्हको रुपमा लिने गरिन्थ्यो । प्रधानमन्त्री मोदी पनि सोही अभियानको पक्षधर भएकोले गान्धीको तस्बिरको ठाउमा मोदीको तस्बिर राखेको सो संस्थाले स्पष्ट पारेको छ ।
तर पनि  मोदीको सो कदमको भारतीय संचारमाध्यममा बहस भइरहेको छ ।  उनका राजनीतिक बिरोधीहरुले यसको चर्को विरोध गरीरहेकाछन्। सो आयोगले परम्परागत रुपमा  अधिकारिक क्यालेण्डर तथा स्टेशनरीहरुमा गान्धीको तस्बिर  प्रयोग गर्दै आइरहेको थियो ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up