त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गोली चल्यो , केही बेर उडान प्रभावित

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्गमा एकै पटक तीन वटा कुकुर पुगेपछि अवतरण गर्नै लागेको एयर एसियाको जहाज ‘ओभरसुट’ गरेको छ। धावनमार्ग छेउ कुकुरको हुल देखेपछि एयर एसियाको जहाजलाई अवतरण नगर्न निर्देशन दिएको बताइएको छ ।

लगत्तै टावरको निर्देशन पछि अकासिएको जहाज केही बेर आकाशमै फन्को मारेको थियो। विमानस्थलमा कुकुर पसेपछि नयाँ दिल्लीबाट आएका एयर इन्डिया तथा जेट एयरवेजको जहाजको पनि उडान प्रभावित भएको विमानस्थलले जनाएको छ।

विमानस्थलका सुरक्षा कर्मीले गोली हानेर कुकुर मारेपछि अहिले विमानस्थल सुचारू भएको बताइएको छ ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up